चीनको कुल गार्हस्थ्य उत्पादन सन् २०३५ सम्ममा दोब्बर हुने, अमेरिकालाई जित्ने : बैंक अफ अमेरिका

कोभिडपछि पुनरुत्थान भइरहेकोमध्ये चीनको अर्थतन्त्र सबभन्दा तीव्र गतिमा बढिरहेको र सन् २०३५ सम्ममा दोब्बर हुने बैंक अफ अमेरिका ग्लोबल रिसर्चकी एसिया अर्थतन्त्र प्रमुख हेलेन चियाओले बताएकी छन् । 

सुधारका केही उपाय अपनाएमा चीनले उक्त लक्ष्य हासिल गर्ने उनको भनाइ छ । चीनको कुल गार्हस्थ्य उत्पादन दोब्ब हुनका लागि अबको १५ वर्षमा ४.७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हुनुपर्छ । 


Advertisement

चीनले अमेरिकालाई सन् २०२७ वा २०२८ मा अमेरिकालाई पछि पार्दै संसारको सबभन्दा ठूलो अर्थतन्त्र बन्ने पूर्वानुमान उनले गरिन् । 

सन् २०२० मा चिनियाँ अर्थतन्त्र २.३ प्रतिशतले बढेको आधिकारिक तथ्यांक छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष चीनको अर्थतन्त्र ८.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । 


Advertisement

उता अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ३.५ प्रतिशतले घटेको पछिल्लो सरकारी अनुमानले देखाएको छ । सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने पूर्वानुमान आईएमएफले गरेको छ ।

चीनलाई सन् २०३५ को आर्थिक लक्ष्य हासिल गर्नका लागि रोक्ने केही बाधाहरू बूढो हुँदै गएको जनसंख्या, ऋण र कुल गार्हस्थ्य उत्पादनको उच्च अनुपात, लगानीमा आधारित वृद्धिको मोडल लगायत छन् । यी समस्याले चीनको वृद्धिलाई सुस्त बनाउने तर पूरै ध्वस्त नपार्ने चियाओको भनाइ छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्