रुसले बनाएको स्पुतनिक भी खोप नयाँ रूपविरुद्ध पनि प्रभावकारी साबित हुँदै

कोभिडविरुद्ध रुसले बनाएको स्पुतनिक भी खोपले कोरोनाका नयाँ रूपहरूविरुद्ध पनि सुरक्षा प्रदान गर्न सक्षम रहेको नयाँ परीक्षणले देखाएको अनुसन्धाताहरूले बताएका छन् । 

अघिल्लो महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाका नयाँ रूपमा रुसी खोप कत्तिको प्रभावकारी छ भन्ने विषयमा समीक्षा गराउन आदेश दिएका थिए । 


Advertisement

‘रुसको गामालेया सेन्टरले हालै गरेको अध्ययनले स्पुतनिक भी खोप लगाउँदा नयाँ स्ट्रेनहरूविरुद्ध निकै राम्रो काम गरिरहेको देखिएको छ,’ उक्त सेन्टरका उपनिर्देशक डेनिस लोगुनोभले बताए । गामालेयाले नै स्पुतनिक भी खोप बनाएको हो । 

नयाँ परीक्षणका नतिजाहरू छिटै प्रकाशित हुन लागेका छन् तर परीक्षण कस्तो भइरहेको छ भन्ने विषयको पहिलो संकेत यसबाट पाइएको छ । 


Advertisement

स्पुतनिक भी र एस्ट्राजेनेकाले विकसित गरेको भाइरल भेक्टर शटमा हानिरहित परिवर्तित भाइरसलाई भेक्टरका रूपमा उपयोग गरिन्छ । यसले शरीरलाई भविष्यमा हुन सक्ने संक्रमणविरुद्ध प्रतिरोधक क्षमता निर्माणमा सहयोग गर्छ । 

केही वैज्ञानिकहरूले भेक्टर आफैंका विरुद्ध शरीरले प्रतिरोधक क्षमता विकसित गर्न सक्ने खतरा रहेको चिन्ता व्यक्त गरेका छन् । त्यसलाई संक्रामक तत्त्व ठानेर नष्ट गर्न शरीर लागिपर्न सक्ने उनीहरूको चिन्ता हो । 

तर यसले दीर्घकालीन समस्या ल्याउन सक्ने विषयलाई स्पुतनिक भी बनाउनेहरू अस्वीकार गर्छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्