यती एयरलाइन्सको विमानबाट पोखरा पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि सोमवार पोखरा आएका छन् ।

यती एयरलाइन्सको विमानबाट आएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरे ।
 
प्रधानमन्त्री ओलीले पोखरामा सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


Advertisement

उनले सोमवारै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रंगशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम समेत छ ।


Advertisement

कमेन्ट गर्नुहोस्