×

NMB BANK
NIC ASIA

दक्षिणी सुडानमा तैनाथ सशस्त्र प्रहरी बलको युनिट सर्वोकृष्ट

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरूमध्ये सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोकृष्ट ठहरिएको छ ।

Muktinath Bank

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित ४ सदस्यीय कार्यसम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपीयू–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले तयार पारेको कार्यसम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट हुन सफल भएको युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेले बताए ।


Advertisment
Nabil box
Kumari

कुनै पनि मिसनमा तैनाथ एफपीयूहरूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडीको रूपमा लिइने मूल्यांकनलाई एफपीयूले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनोट गर्ने गरिएको छ ।

Vianet communication
Laxmi Bank

आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका ८ विधाहरू क्रमशः मिसन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी रहेका छन् ।

प्रत्येक विधामा अधिकतम ४/४ अंकका दरले ३२ पूर्णांक छुट्याइएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिइएको परीक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक नै ल्याउन सफल भएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको डप्फामा डिपुटी कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवप्रसाद गैहे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अरुणकुमार शर्मा रहेका छन् ।

एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरू कार्यरत छन् । शान्ति प्रक्रिया सातौं डप्फाको रूपमा सन् २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल नेपालको टोलीले कोराना कहरको समयमा समेत विचलित नभई आफूलाई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीको अथक मेहनतका कारण पनि अन्य एफपीयूलाई पछि पार्न सफल भएको कुरा कमाण्डिङ अफिसर न्यौपानेले बताए ।

हाल दक्षिण सुडानमा रहेका एफपीयूमा नेपालको तर्फबाट २ वटा, रुवन्डाको ३ वटा र घानाको १ गरी जम्मा ६ वटा एफपीयूहरू कार्यरत रहेका छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आमनिर्वाचन हुन गइरहेको छ ।

यसैक्रममा एफपीयूको संख्यामा कटौती गरी इन्डिभिजियल प्रहरीको संख्या वृद्धि गर्ने योजनाका साथ अगाडि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x