×

NMB BANK
NIC ASIA

'खञ्चुवा गाडी'

सेनाको ग्यारेजमा एउटा यस्तो लग्जरियस कार– शिशा र टायर फेर्न नै २ करोड !

फागुन १७, २०७७

NTC
Sarbottam
कारको तस्वीर प्रतीकात्मकरूपमा प्रयोग गरिएको हो ।
Premier Steels
Marvel

नेपाली सेनाले एउटै गाडी मर्मतका लागि करीब २ करोड खर्चिने गरी प्रक्रिया अगाडि बढाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नारायणहिटी दरबार संग्रहालयबाट ल्याइएको ज्याग्वार कम्पनीको लग्जरियस कार मर्मतका लागि यति ठूलो रकम खर्चिनुपर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले नारायणहिटीबाट ल्याएकामध्ये एउटा ल्यान्डरोभर कार आफ्नै ग्यारेजमा मर्मत गरी भीभीआईपीहरूको सवारीमा प्रयोग गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

ज्याग्वार कम्पनीका अन्य ३ वटा बूलेटप्रुफ कार भने मर्मतको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

बजेटको अपर्याप्तताका कारण सेनाले यसपटक एउटा कार मात्र मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । बजेट उपलब्ध भएपछि अन्य २ कार पनि मर्मत गर्ने सेनाको तयारी छ ।

सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका निर्देशक तथा सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उक्त कारमा शिशा र टायर राख्नका लागि टेन्डर आह्वान गरेर आशय पत्रसमेत स्वीकृत भइसकेको छ ।

फागुन महिनाको अन्तिमसम्ममा सम्झौता गरिने उनले बताए ।

‘हामीले त्यो गाडीको शिशा र टायर फेर्नका लागि बोलपत्र आह्वान गरिसकेका छौं, त्यसको आशय पत्र पनि भैसकेको छ । यो महिनाको अन्तिमसम्म सम्झौता गरेर मर्मतको काम थाल्छौं,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘यसका लागि प्रतिगोटा २ करोड खर्च हुने देखिएको छ ।’

पुराना गाडी भएकाले नेपालमा त्यसको कुनैपनि स्वरूम, मर्मत गर्ने ग्यारेज र पाटपूर्जा नहुँदा कम्पनीबाटै मगाएर मर्मत गर्नुपर्ने अवस्था रहेको प्रवक्ता पौडेलले बताए ।

मर्मतका लागि सामान ल्याउन २ वटा कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये कम रकम उल्लेख भएको टेन्डर स्वीकृत गरी सम्झौता गर्न लागिएको सेनाले जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार सामान ल्याउने कम्पनीले नै मर्मतका लागि प्राविधिक सहयोग पनि गर्नुपर्ने हुन्छ ।

‘उक्त कम्पनीले एउटा गाडीको शिशा र टायरका अलवा अन्य पार्टपूर्जा र टेक्निकल असिस्टेन्ट पनि उपलब्ध गराउने गरी सम्झौता हुन्छ,’ प्रवक्ता पौडेलले भने । 

मर्मत गरिसकिएको गाडी भने सेनाले विशिष्ट व्यक्तिहरूको सवारीका लागि प्रयोग गर्दै आएको छ ।

नेपाली सेनाले २०७५ असोज ७ गते नारायणहिटी संग्रहालयबाट सन् २००२ मोडलको एउटा ल्यान्डरोभर र २००४ मोडलका ३ वटा ज्याग्वार बुलेट प्रुफ कार ल्याएको थियो । 

तत्कालीन राजा, रानी र उनका आफन्तहरूले प्रयोग गर्दै आएका ११ वटा बुलेट प्रुफ कारमध्ये एउटा कार उपराष्ट्रपति नन्दबहादुर पुनले चढ्दै आएका छन् ।

चारवटा कार नेपाली सेनासँग छ भने अन्य कारहरू नेपाल प्रहरीले भीभीआईपीको सवारीका लागि प्रयोग गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x