×

NMB BANK
NIC ASIA

दशैं भत्ता प्रकरण– लोकान्तरकर्मी पन्तलाई इञ्जा खोज पत्रकारिता पुरस्कार

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट लोकान्तर डट्कमका समाचार सम्पादक सुशील पन्त पुरस्कृत तथा सम्मानित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोही शीर्षकको पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई पनि प्रदान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक लाख रुपैयाँ राशिको पुरस्कार सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पन्त र कार्कीलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

पत्रकार पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दशैं भत्ता लिएको समाचार लेखेका थिए ।

Vianet communication
Laxmi Bank

लोकान्तरमा समाचार प्रकाशित भएपछि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूसम्मले दशैं भत्ता फिर्ता गरेका थिए । 

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेका थिए । 

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरूमध्येबाट पत्रकार पन्त र कार्कीका समाचारलाई उत्कृष्ट ठहर गरेको थियो ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले २०६० सालदेखि रेडियो पत्रकारिताबाट करियर शुरू गरेका हुन् ।

लोकान्तर डट्कमका समाचार सम्पादक पन्तले संसदीय मामिला र सुशासनको विषयमा कलम चलाउँदै आएका छन् । उनी संसदीय मामिला पत्रकार समाजका पूर्व महासचिव समेत हुन् ।

इञ्जाको तेस्रो स्थापना दिवस तथा पुरस्कार वितरण एवं सम्मान समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुन:स्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताए ।

'पुस ५ देखि फागुन ११ गतेसम्म ६६ दिन भएको एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्रमोर्चामा खडा भयो,' सापकोटाले भने, 'मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु ।'

लोकतन्त्रका सबै आयामलाई समेटेको नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको दाबी गर्दै उनले थपे, 'हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान हो।'

संविधानलाई परिमार्जन, संशोधन र विकास गर्न सकिने तर त्यसको लागि संविधानको कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुखको शपथ ग्रहण गरेदेखि नै संघीय संसदलाई जीवन्त तथा जनमुखी बनाउन सूत्र वाक्य नै बनाएर लागिपरेको उनले बताए।

नेपालको पत्रकारिता जगत गर्व गर्न लायकको रहेको तथा आगामी दिनमा समेत नेपाली पत्रकारिताको भविष्य उज्ज्वल रहनुका साथै चुनौतीभन्दा पनि अवसर नै बढिरहेको उनले बताए ।

सो अवसरमा साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार तथा इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरियो ।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो ।

लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा इञ्जा एसिया च्याप्टरका अध्यक्ष टंक पन्तले विभिन्न क्षेत्रमा दिइएका पुरस्कारले पत्रकारहरूको प्रोत्साहन हुने विश्वास व्यक्त गरे । 

लोकान्तरमा प्रकाशित समाचारका कारण सांसदहरूले दशैं भत्ता फिर्ता गरेकोबारे पनि अध्यक्ष पन्तले कार्यक्रममा चर्चा गरेका थिए । 

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित लगायतले इञ्जा पुरस्कारले पत्रकारहरूलाई प्रोत्साहन गरेको बताए ।

पढ्नुहोस्, दशैंभत्तासम्बन्धी समाचार :

EXCLUSIVE : जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x