सरकारले भन्यो– विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ

सरकारले विप्लव समूहसँग वार्ताको तयारी भइरहेको बताएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले विप्लव समूहसँग वार्ताको तयारी गरिरहेको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताएका हुन् ।
    
“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ ।”
  मन्त्री गुरुङले सबैले मिलेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने र त्यसका लागि सरकार सदा वार्तामा बस्नका लागि तयार रहेको पनि स्पष्ट पारे ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्