सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधनका क्रममा उgले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताए ।


Advertisement

पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उहाँले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पूरा गरेको बताए ।

नेपालले छिमेकीबाहेक विकास साझेदारका साथै नेपाली आप्रवासी कामदारको गन्तव्य देशसँग घनिष्ट र सहकारी सम्बन्ध कायम राखेको उनको भनाइ थियो ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्