×

NMB BANK
NIC ASIA

ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।

Muktinath Bank

गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन्। ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन्।

Vianet communication
Laxmi Bank

जनप्रतिनिधि र कर्मचारीबाहेक अरू पनि भ्रमणमा सहभागी हुने भएपछि आफूले यात्राको एक दिनअघि मात्र रद्द गरेको उनले सुनाइन्। जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वाभाविक भए पनि भ्रमण सूचीमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगन गरेको उनको भनाइ छ। भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीले परिवारका सदस्यलाई पनि लगेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष कामतले गाउँपरिषद्का बेला जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। बजेट पुस्तिकामा भने ज्येष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको कामतको भनाइ छ।

‘हामीले बजेट बनाउँदा परिषद्मा अन्य गाउँपालिकासँग अनुभव साट्ने उद्देश्यले नै यो शीर्षकमा छलफल गरेका थियौं’, उनले भने, ‘तर, बजेट पुस्तिकामा फरक शीर्षकमा छापिएछ, दुरुपयोग होइन।’

अध्यक्षले भ्रमणको बचाउ गरे पनि गाउँपालिकाले जेष्ठ नागरिकका लागि यसबाहेक अरू कुनै कार्यक्रम बनाएको पाइएको छैन। उपाध्यक्ष सरदारले जाडोको बेलामा न्यानो कपडा उपलब्ध गराउनेबाहेक गाउँपालिकामा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रम नरहेको बताइन्।

समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको बजेटलाई अन्यथा खर्च गर्नु दुरुपयोग भएको स्थानीय ज्येष्ठ नागरिकको गुनासो छ। ‘जुन समुदायलाई लक्ष्य गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको निन्दनीय छ’, स्थानीय ८५ वर्षीय यदुनाथ घिमिरेले भने, ‘यसले हामीलाई अन्याय भयो।’

जनप्रतिनिधि र कर्मचारीले गरेको बजेट दुरुपयोगको स्थानीय नेताले पनि आपत्ति जनाएका छन्। नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा आफ्ने ध्यानाकर्षण भएको बताए। रविन भट्टराईले अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x