आजको मौसम : कतै आंशिक बदली, कतै सफा

हाल  देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ ।  
महाशाखाका अनुसार मंगलबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।

 यस्तै राति  प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाको भनाइ छ ।


Advertisement

 यस्तै बुधबार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्