×

NMB BANK
NIC ASIA

'केमेस्ट्री' मिल्ने बादलले पाए विप्लवलाई मूलधारमा ल्याउने जिम्मेवारी

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा 'बादल'ले आफ्नै पुराना सहकर्मी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई राजनीतिको मूलधारमा ल्याउने जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई वार्ताको जिम्मा दिएर विप्लवलाई फकाउने रणनीति ओली सरकारले लिएको छ ।

Muktinath Bank

मंगलवार सरकारले 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीका सदस्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६९ सालमा तत्कालीन नेकपा माओवादी विभाजन भएर मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी गठन हुँदा बादल र विप्लव एक ठाउँमा थिए । ‘बूढा’हरुले क्रान्ति गर्न नसक्ने भन्दै विप्लवले वैद्यलाई छाडेर नयाँ पार्टी गठन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

बादल लगायतको टीम भने प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएको थियो । माओवादी जनयुद्धको समयमा बादल र विप्लवको केमेष्ट्री मिल्ने गरेको पूर्वमाओवादी नेताहरु बताउँछन् ।

Vianet communication
Laxmi Bank

गृहमन्त्री थापाले सूत्रहरु मार्फत विप्लव समूहसँग अनौपचारिक कुराकानी गरेका थिए । सूत्रहरुसँगको कुराकानीपछि फागुन ८ गते विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति प्रकाशित गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वार्ता टोलीको घोषणा गरेका हुन् । विप्लव समूहबाट पनि छिट्टै वार्ता टोली गठन हुने र वार्ता प्रक्रिया शुरु हुने उनले विश्वास व्यक्त गरे ।

उता विप्लव समूहले प्रभावशाली नेता एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठनको गृहकार्य गरेको छ । ‘दोस्रो वरियताको नेताको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठनको तयारी भएको छ,’ विप्लव निकट स्रोतले लोकान्तरसँग भन्यो ।

एक दुई दिनमै वार्ता गर्नेगरी विप्लव समूहको वार्ता टोली सार्वजनिक हुने स्रोतको दाबी छ । हिंसात्मक तथा विष्फोटक क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x