मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
फागुन १८, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याएको ‘मेक इन इन्डिया’ अभियानप्रति अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडन प्रशासनले गम्भीर आपत्ति जनाएका छन् ।
बाइडन प्रशासनले अमेरिकी कांग्रेसमा बुझाएको रिपोर्टमा भारतको ‘मेक इन इन्डिया’ नीतिले अमेरिका–भारत द्विपक्षीय व्यापारमा चुनौती थपिएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२१ का लागि यूएस ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर) ले तय गरिएको व्यापार नीतिमा भारतको ‘मेक इन इन्डिया’ अभियानले अमेरिकी निर्यातकर्तालाई असर गरेको उल्लेख छ ।
नीतिमा उल्लेख छ, ‘भारत आफ्नो ठूलो बजार, आर्थिक वृद्धि र विकासका विविध अवसरका कारण अमेरिकी निर्यातकर्ताका लागि अनिवार्य बजार बनेको छ । तर भारतको व्यापारलाई सीमित गर्ने नीतिका कारण दुवै देशको व्यापारिक सम्बन्धमा विद्यमान सम्भावना कमजोर हुँदै गएका छन् । भारतले ‘मेक इन इन्डिया’ अभियानमार्फत आयात कम गर्नतिर जोड दिनुले द्विपक्षीय व्यापार सम्बन्धमा चुनौती देखिएको छ ।’
भारतका प्रधानमन्त्री मोदीले ‘मेक इन इन्डिया’मार्फत लगानी भित्र्याउँदै भारतमै उद्योग खोलेर उत्पादन बढाउने र विदेशी वस्तु आयात कम गर्ने नीति लिएका थिए । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीको नीतिलाई साथ दिए पनि नयाँ राष्ट्रपति बाइडन प्रशासनले अस्वीकार गर्ने संकेत देखिएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...