ताप्लेजुङ जिल्लाको दोभान बजारमा आगलागी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी दुःखी भएकी छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै राष्ट्रपति भण्डारीले आगलागी प्रभावितको राहत र पुनःस्थापनाको लागि ध्यानाकर्षण गराएकी छन् ।
उनले लेखेकी छन्, ‘ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रामा धनमालको क्षति भएको खबरले मलाई दुःखी तुल्याएको छ । आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनःस्थापनाको पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्दछु । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्युनीकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो महसूस गरेको छु ।’
— Bidya Devi Bhandari (@PresidentofNP) March 2, 2021
लोकान्तर संवाददाता