×

NMB BANK
NIC ASIA

सामुदायिक माविको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका उत्कृष्ट

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक माविहरूको कार्यसम्पादनमा रूपन्देहीको बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट भएको छ ।

Muktinath Bank

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना विद्यालयका रूपमा छनौट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकभरका सबै पालिकाबाट नमूना विद्यालयका रूपमा छनोट गरिएका करीब १ हजार सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा बुटवल देशभरकै पालिकामा प्रथम भएको हो ।


Advertisment
Nabil box
Kumari

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै प्रकाशित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवल उपमहानगरपालिका सामुदायिक माविको कार्यसम्पादन उत्कृष्ट पाइएको हो ।

Vianet communication
Laxmi Bank

विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्यांकन गरिएको थियो ।

परीक्षणका लागि रुपन्देहीका सबै १६ वटै पालिका परेका थिए । बुटवलका २० वटा सामुदायिक विद्यालयको मूल्यांकन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दीगो विकास लक्ष्य अनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । 

शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानलाई मूर्त रूप दिन कार्य रूपमा उतार्ने निकायको कार्यसम्पादन परीक्षण गर्ने काम चुनौतीपूर्ण र जटिल रहे पनि शैक्षिक विकासका लागि अति नै महत्त्वपूर्ण रहेको उपमहानगरका उपप्रमुख तथा नगरस्तरीय अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बताइन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षण गरिएका मुलुकभरका १३ जिल्लाका ९९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्यसम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्यसम्पादन भएका विद्यालय ९९६ मध्ये जम्मा २ वटा देखिएका छन् । तीमध्ये एउटा विद्यालय बुटवल र अर्को दार्चुलाको रहेको छ ।

कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रुपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ । यो २०.३ प्रतिशत रहेको छ । सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा रहेको छ ।

औसत अंकमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अंक छ भने कममा ६० प्रतिशत छ । रुपन्देहीकै अरु पालिकाहरूमा बढी अंक ८१ मात्रै छ भने कममा ४० छ ।

परीक्षणमा बुटवलका २० वटा सामुदायिक विद्यालय, तिलोत्तमा नगरपालिकाका २०, सैनामैना नगरपालिकाका १३, देवदह नगरपालिकाका १३, सिद्धार्थनगर नगरपालिकाका ९, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ७, कञ्चन गाउँपालिकाका ९, गैंडहवा गाउँपालिकाका ९, मायादेवी गाउँपालिकाका ८, रोहिणी गाउँपालिकाका ७ वटा सामुदायिक विद्यायलको मूल्यांकन परीक्षण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x