कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन् ।


Advertisement

मंगलवारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो । 
    
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय संक्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा ३ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । दैलेखमा १ हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको थियो । 

अन्य प्रदेशका ५९८ तथा भारतका ५ जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म ७ हजार ५५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३८१ संक्रमणमुक्त भएका हुन् ।


Advertisement

कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । कर्णालीमा कोरोना भाइरस विरुद्धको खोप २६ हजार ९९० जनाले लगाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्