×

NMB BANK
NIC ASIA

‘मोटिभेसनल स्पिकर’ सृष्‍टि केसी अब काँचको पर्दामा

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्‍टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्। मर्यादा मिडिया प्रालिको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा पर्न लागेकी हुन्।

Muktinath Bank

विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीको प्रतिकृया छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, ‘मोटिभेसनल स्पीच’ त अन्तराष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुन सक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’  


Advertisment
Nabil box
Kumari

उनले थपिन्, ‘म आँखा देख्दा कहिल्यै फर्स्ट भइन, तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेन्ड हुनु परेको छैन।’टेलिभिजन कार्यक्रम उत्पादक कम्पनी मर्यादा मिडियाका कार्यक्रम प्रमुख श्याम नेपाल सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित रहेको बताउँछन्।

Vianet communication
Laxmi Bank

उनले ‘सृष्टिसँग दृष्टी संवाद’ एउटा महत्वपूर्ण र इतिहास लेखिने कार्यक्रम बनाइने बताए। ‘सृष्टिको मेहनत र हाम्रो सत्प्रयासले कार्यक्रमको उचाइ बढ्नेमा हामी ढुक्क छौं’, कार्यक्रमको निर्देशक समेत रहेका नेपालले बताए। कार्यक्रम नयाँ वर्ष २०७८ सालको दोश्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने मर्यादा मिडियाले बताएको छ। कार्यक्रमको ५ अंक छायाँकन गरिसकिएको छ। कार्यक्रमका मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विस्तृत जानकारी दिइने मर्यादा मिडियाले जनाएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x