×

NMB BANK
NIC ASIA

हानिकारक ग्यास आयातमा कडाइ गर्दै सरकार

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ ।

Muktinath Bank

हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौं,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

नेपाल ओजोन तह नष्ट हुनबाट जोगाउनका लागि बनेको भियना महासन्धि र मोन्ट्रियल अभिसन्धिको पक्ष राष्ट्र हो । त्यसक्रममा पहिलो चरणमा नेपालले क्लोफ्लोरो कार्बन ग्यास प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सन् २००४ देखि निरन्तर यसको कटौती गर्दै सन् २०१० मा सरकारले क्लोरोफ्लोरो कार्बन उपभोग शून्य बनाएर प्रतिबन्ध लगाएको हो ।

Vianet communication
Laxmi Bank

अब दोस्रो चरणमा हाइड्रो क्लोरोफ्लोरो कार्बन प्रतिबन्ध गराउने बाटोमा सरकार अगाडि बढेको छ । त्यसका लागि वन तथा वातावरण मन्त्रालयले आधारभूत सर्वेक्षण गरी त्यसको उपयोगको मापन सन् २०११–२०१४ मा निकालिएको थियो ।

त्यो अवधिमा २३.०४ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन नेपालमा प्रयोग हुने गरेको पाइएको थियो । त्यसभन्दा पछि त्यो मापनभन्दा नबढाउने गरेर कटौती गर्दै लगिएको महाशाखामा कार्यरत केमिस्ट अनुराधा ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सन् २०१५–२०१६ मा १० प्रतिशत कटौती गरिएको थियो । त्यसपछि सन् २०१७, २०१८ र २०१९ मा हरेक वर्ष १८.४३ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास कटौती गरिएको थियो । सन् २०२०–२०२१ मा ६० प्रतिशत घटाउने लक्ष्य लिएर कटौतीका लागि सूचना जारी गरिएको छ ।

ओजोन तहलाई नष्ट गर्ने पदार्थको उपभोग नियन्त्रण नियमावली २०५७ अनुसार रेफ्रिजेरेटर, वातानुकूलन सामग्री, कृषि, स्वास्थ्य, अग्निनियन्त्रण, व्यापार व्यवसाय वा औद्योगिक प्रयोजनमा प्रयोग हुने विभिन्न प्रकारका हानिकारक ग्यास क्रमशः कटौती गर्दै शून्य बनाइने छ ।

यही नियमावलीअनुसार आगामी वर्षसम्ममा यो ग्यास आयात शून्यमा झारेर प्रतिबन्ध लगाइने छ ।

हाल जति निकायले यसको उपभोग गरिएको छ । तिनलाई मात्र कोटाका आधारमा आयात गर्न दिइएको छ । धेरै पुराना प्रयोगकर्ताले दुई मेट्रिक टनसम्म र केही नयाँले एक मेट्रिक टनसम्म मात्र हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्यास आयात गर्न पाउने व्यवस्था छ ।

यो ग्यासमा प्रतिबन्ध लगाइएपछि विकल्पमा हाइड्रो फ्लोरो कार्बन ग्यासको उपभोगलाई बढावा दिइने केमिस्ट ज्ञवालीले बताए । यो ग्यास हाइड्रो क्लोरोफ्लो कार्बनभन्दा थोरै कम हानिकारक ग्यास हो ।

‘यसले ओजोन तह विनाशमा कम भूमिका रहे पनि विश्वव्यापी तापक्रम भने अत्यधिक बढाउन सघाउँछ,’ उनले थपे । त्यसैले यसको पनि विकल्प अगाडि सारिएको छ । जसका लागि यसको ८० प्रतिशत उपभोगलाई कटौती गर्दै शून्यमा झारेर प्रतिबन्ध लगाइनेछ । यसपछि भने नेपालले ओजोन र विश्वव्यापी तापक्रम दुवैमा कम असर गर्ने हाइड्रो कार्बन ग्यासको उपभोगलाई अगाडि बढाउने छ ।

यसरी क्रमशः कम विनाशकारी ग्यासको उपभोग गर्दै विश्वकै वातावरण र ओजोन तह संरक्षणमा नेपालको योगदान उच्च पार्ने योजना सरकारले बनाइरहेको महाशाखाले जनाएको छ । यस्ता ग्यास नेपालमा उत्पादन हुँदैनन् । छिमेकी मुलुक भारत र चीनबाट आयात हुने गरेको छ । ती मुलुकमा ग्याससँगै त्यस्ता ग्यास प्रयोग हुने सामग्री पनि नेपालमा आयात हुने गरेको छ ।

त्यसैले वातावरण र मानव स्वास्थ्यमा हानि गर्ने सामग्री आयातमै कटौती पनि सँगसँगै गर्दै लगेर मुलुकलाई वातावरणमैत्री र आत्मनिर्भर बनाउनुपर्ने सुझाव संरक्षणकर्मीले सरकारलाई दिँदै आएको छ ।

नेपालको इतिहासको पुरानो कालखण्डमा त्यस्ता अप्राकृतिक ग्यासको प्रयोग हुँदैनथ्यो । औद्योगिकीकरण बढेसँगै एमोनिया ग्यास हुँदै अन्य विभिन्न प्रकारका ग्यासको आयात बढ्दै गएको विज्ञहरू बताउँछन् । गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x