×

NMB BANK
NIC ASIA

दोभान आगलागीको पीडा : ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो’

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्जेलुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलवार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् ।

Muktinath Bank

भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय प्रेम न्यौपानेले सोमवार बिर्तामोड (झापा) बाट २ ट्रक युरिया र डीएपी मल, १ गाडी खाद्यान्न ल्याएका थिए । बेलुकी अबेरसम्म अनलोड गरे । ५ लाख रुपैयाँ बराबरको सामान न्यौपानेले थन्क्याउनै पाएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

पसलमा १० लाखको खाद्यान्न छँदै थियो । मंगलवार सबै खरानी बनेको न्यौपानेले सुनाए ।

Vianet communication
Laxmi Bank

‘केही पनि जोगाउन सकिनँ,’ न्यौपानेले भने, ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो ।’

अर्का स्थानीय प्रदीप पोख्रेलका किराना र लत्ता कपडाका पसल थिए । पसलका सबै सामान खरानी बनेका छन् । ‘आगलागी शुरू भएको सँगै जोडिएको २ वटा घरमा हाम्रो पसल थियो,’ पोख्रेलले भने, ‘जीउमा लगाएको एकसरो कपडाबाहेक केही बचेन ।’

दुवै पसलमा गरी ८० लाख रुपैयाँभन्दा बढीको सामान जलेको पोख्रेलको भनाइ छ ।

फुङलिङ  र फिदिम नगरपालिकाका दमकल र एस्काभेटर प्रयोग गरी आगो थप फैलनबाट रोकिएको थियो । त्यस क्रममा २ घर भत्काइएको थियो । आगो मंगलवार साँझसम्म पनि पूर्ण नियन्त्रणमा भने नआएको अध्यक्ष लिम्बूले बताए ।

‘४९ घर जलेको र त्यहाँ पसल व्यवसाय गरेर बस्नेसहित ५५ परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक छ,’ अध्यक्ष लिम्बूले भने, ‘एस्काभेटरले केही घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं ।’

गाउँपालिकाले आगलागी पीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ नगद राहत प्रदान गरेको छ । । रेडक्रसले पाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताए ।

प्रवक्ता बराइलीका अनुसार पीडितलाई दोभानकै बाँकी रहेका घर, नजिकको खाली जग्गा र पाथीभरा मेमोरियल बोर्डिङ स्कुलमा बास बस्ने प्रबन्ध मिलाइएको छ ।

‘क्षतिको आधिकारिक विवरण संकलन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको अध्यक्षतामा समिति गठन गरेका छौं,’ प्रवक्ता बराइलीले भने ।

स्थानीय गोपाल खवासले बिहान ९ः१५ बजेतिर भोला पौडेलको घरको दोस्रो तलाबाट आगो लागेको बताए । व्यवसायी गंगाराम गुरागाईंका अनुसार उक्त आगो तुरुन्त फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् ।

‘एक्कासि आगो फैलियो । मालसामान, कागजात केही निकाल्न पाएनौं’, गुरागाईंले भने, ‘भागेर ज्यान जोगायौं ।’

बजारका ५० घर जोगिए पनि अहिले आगो नजिकको खाम्लुङ भीरतर्फ सल्किएको छ । त्यसले साक्फारा बस्तीमा जोखिम हुन सक्ने वडाध्यक्ष गणेश भण्डारीले बताए ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय खटिएको ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताए । जिल्ला प्रहरी प्रमुख राणाका अनुसार विद्युत् सर्ट भई आगो सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

तमोर र मैवा नदीको किनारमा रहेको घटनास्थल जिल्लाको साबिक क्षेत्र नम्बर २ का सबै गाउँ जोड्ने व्यापारिक केन्द्र हो ।

बर्सेनि २ तिरबाट नदीको कटानको मारमा पर्दै आएका स्थानीय आगलागीको चपेटामा परेका हुन् । ‘बर्खा लाग्नासाथ खोलामा बाढी आएर बगाउला कि भनेर सुत्न सकिन्नँ,’ स्थानीय मानबहादुर मोक्तानले भने, ‘हिउँदमा आगोले सखाप बनायो ।’

प्रवक्ता बराइलीका अनुसार ३३ जनाका ४९ वटा घर जलेको पाइएको छ । १ जनाका ७ वटासम्म घर भएको उनले बताए । आगलागीबाट डम्बर धिताल, डण्डु शेर्पा, हेम आङवोहाङ, भीम लंवा, सविन चुँडाल, श्याम चोङवाङ, भारती लिम्बू, गुरु पौडेल, सिङगडे शेर्पा, शुकवीर लिम्बू, चन्द्र पौडेल, पम्फा श्रेष्ठ, मोहन पोख्रेल र भोला पौडेलका घर जलेका छन् ।

यसैगरी राजेन्द्र पौडेल, राजकुमार श्रेष्ठ, कमल मुदेङछन्, लोकेन्द्र अधिकारी, खुसीमान लिम्बू, अटल पालुङवा, खुसीमानको आमा, चन्द्रहाङ लिम्बू र गजेन्द्र लिम्बूको घर जलेका छन् । टाँसी लामा, जंग लिम्बू, श्याम एभेङ,  दावा शेर्पा, पवन लिम्बू, सिलाङगे लिम्बू, दिलकुमार लिम्बू, सूर्यप्रकाशलिम्बू र जय भट्टराईको घर जलेका छन् ।

घनश्याम भट्टराई, गणेश भट्टराई, टंक खतिवडा लामा बाबा, जीवन पौडेल, दावा शेर्पा, तारानाथ पोख्रेल, दिलकुमार सिवा, सूर्य प्रकाश, टेलिकम कार्यालय भाडामा थिए । मदन श्रेष्ठ, जीवन चोङवाङ, बुद्ध आङवोहाङ, नरजङ सोनाम, सुन पसल, प्रेम न्यौपाने, धनपति गुरगाईं, शन्त तामाङ, रञ्जु लिम्बू, राजेन्द्र लिम्बू भाडामा बसेका थिए । 

ताप्लेजुङमा यही वर्ष आगलागीका ३ ठूला घटना भएका छन् । माघ २० गते सिरिजंघा–१ सिनाममा ५ घर जले । पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । जसमा १५० हेक्टर वन नष्ट भएको थियो ।

मन्दिर समेत जोखिममा पारेको थियो । फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले । २८ परिवार विस्थापित भए । त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन् ।

‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो,’ फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं । यस विषयमा गम्भीर बहस आवश्यक छ ।’

यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए । वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो ।

त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए । जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा ५ घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो ।

वीरेन्द्रचोकमा टुकी बत्तीबाट, तोक्मेको होटलमा रक्सी झान्दा चुलोमाथि सुकाएको दाउरा सल्किएर, टुक्रेमा सेलरोटी पकाउँदा र शेर्पा टोलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । दोभान बजारमा मंगलवार विद्युत् सर्ट भएर आगो लागेको भनिएको छ ।

‘मानिसले सावधानी नअपनाउँदा धेरै घटना हुने गरेको छ’, उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले भने, ‘आगोमा काम गर्दा, विद्युतीय उपकरण चलाउँदा होसियार हुनुपर्छ ।’ चुलोमा काम गर्ने विधिबारे तालिम चलाउन आवश्यक रहेको घिमिरेको भनाइ छ ।

जिल्ला सदरमुकाम फुङलिङसहित अधिकांश ग्रामीण बजारमा काठ र जस्तापाताले बनाइएका कच्ची घर धेरै छन् । घरबाट बढी आगो लाग्ने गरेको पाइएको छ । पक्की घर बन्ने क्रम बढे पनि जस्तापाताकै छानो लगाउने चलन छ ।

अव्यवस्थित रूपमा ससाना टहरा बनाएर पसल गर्ने क्रमले पनि जोखिम बढाएको रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले बताए । ‘यस्ता टहरालाई तुरुन्त नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ र मापदण्डअनुसार घर बनाउन प्रेरित गर्नुपर्छ,’ सभापति गुरुङले भने ।

२०७१ सालमा तोम्मेडाँडामा आगो लागेपछि बजारमा दमकल खरिद गर्ने ठूलै बहस भयो । चौतर्फी मागपछि नगरपालिकाले दमकल त खरिद गर्‍यो तर त्यसको व्यवस्थापन गर्न सकेको छैन । दमकल राख्ने ठाउँ नहुँदा बेवारिसेजस्तै छ । कहिले नगरपालिका अघि, कहिले प्रशासन कार्यालय र कहिले बजारको सडकमा राख्ने गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आगलागीबाट प्रभावितका लागि यथाशीघ्र राहत तथा पुनःस्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । 

राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘हावाहुरी र खडेरीको मौसममा हुने आगलागीजस्ता विपद्को जोखिमको न्यूनीकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसूस गरेको छु ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितहरूलाई राहत उपलब्ध गराउने बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राहतस्वरूप ५ लाख रुपैयाँ तत्काल दिने बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x