×

NMB BANK
NIC ASIA

प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीसँगै सत्तापक्षको कुर्सी

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता र सडकमा नेकपा २ समूहमा विभाजित भए पनि आसन्न प्रतिनिधिसभा बैठकमा भने सत्तारूढ एउटै दलको बसाइमा देखिने छन् ।

Muktinath Bank

प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संघीय भवनमा नेकपाका सांसदहरू बस्ने कुर्सी २ समूहमा छुट्याइएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका सांसदहरू बस्ने कुर्सी सत्ता पक्षकै लहरमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

‘औपचारिक रूपमा पार्टी फुटेको छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने, ‘त्यसैले अहिले नेकपाका सबै सांसद सत्तारूढ हुन् ।’

Vianet communication
Laxmi Bank

सचिवालयले बैठकका लागि कुर्सी, टेबलको सरसफाइ, रंगरोगन, सामाजिक सुरक्षा, स्वास्थ्य मापदण्डको पालनालगायत विषयमा आन्तरिक तयारी पूरा भएको जनाएको छ । संसद् भवन प्रवेश गर्ने ढोकामै ज्वरो नाप्ने स्वचालित मशिन राखिएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि बैठक बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटा, संघीय संसद्का महासचिव र सचिवालयका महाशाखा प्रमुखहरूले मंगलवार संसद् भवन निरीक्षण गरेका थिए ।

बैठकअघि सचिवालयले सांसद, मन्त्री र कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार सिभिल अस्पतालमा बुधवारदेखि खोप लगाउन थालिने छ । पौने १० बजे खोप लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

नेकपा २ समूहमा विभाजित भएपछि बस्न लागेको बैठकको एजेन्डा भने तय भएको छैन । सभामुख सापकोटाले दलहरूको सहमतिअनुसार प्रक्रिया अघि बढ्ने बताए ।

प्रतिनिधिसभा विघटन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव कसरी अघि बढाउने भन्ने पनि यकिन भएको छैन । गत पुसमा शुरू हुनुपर्ने सातौं अधिवेशन विघटनका कारण रोकिएको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि अन्योलमा रहेको सचिवालयले बैठकको तयारी नै गरेको थिएन । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x