×

NMB BANK
NIC ASIA

अनियमिततापछि झेल

ज्वाइँ परीक्षार्थी ससुरा जाँचकी: सर्वोच्चको आदेशपछि पनि त्रिवि सेवा आयोगले पठाएन उत्तरपुस्तिका

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा भएको चलखेलसम्बन्धी मुद्दामा उत्तर पुस्तिका झिकाउन सर्वोच्च अदालतले पटकपटक आदेश गरेपनि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बखेडा झिक्दै आएको पाइएको छ।

Sagarmatha Cement
Muktinath Bank

उप-प्राध्यापक पदका लागि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको विषयमा परेको रिट निवेदन तथा मुद्दामा सर्वोच्च अदालतले विभिन्न मितिमा उत्तर पुस्तिका बुझाउन आदेश गर्दै आएको छ । तर, त्रिवि सेवा आयोगले भने विभिन्न बहाना देखाउँदै उत्तर पुस्तिका अदालतमा बुझाउन अस्वीकार गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले पाँच वर्षअघि सेवा आयोगले लिएको जाँचकीो विवादित उत्तर पुस्तिका झिकाउनका लागि गत फागुन ३ गते आदेश गरेको थियो। विवादित उत्तर पुस्तिका झिकाई कानून व्यवसायीमार्फत पेश गर्ने भनेर अदालतले पटक–-पटक आदेश गर्ने गरेको छ।


Advertisment
Nabil box
Kumari

२०७४ साउन २२ गते पहिलोपटक त्रिविबाट उत्तर पुस्तिका झिकाउने आदेश गरिएको थियो। अदालतले त्रिविलाई उत्तर पुस्तिका बुझाउन भनेर सोही दिन २०७४ साउन २२ गते नै पत्र लेखेको थियो। पत्र पाएको केही महिनापछि २०७४ साउन १४ गते गोपनीयताको कारणले पेशीको दिन मात्र इजलास समक्ष उत्तर पुस्तिका पेश गर्न सकिने भन्दै त्रिविले अदालतमा जवाफ पठायो। तर, तोकिएको पेशीमा भने त्रिविले उत्तर पुस्तिका पठाएन ।

Vianet communication
Laxmi Bank

अदालतले फेरि ताकेता गरेपछि २०७७ मंसिर २४ गते सेवा आयोगको अभिलेखमा उक्त उत्तर पुस्तिका नै नरहेको भनेर जवाफ पठायो। फेरि अर्कोपटक उत्तर पुस्तिका झिकाउन आदेश हुँदा उक्त उत्तर पुस्तिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएका कारण फेला नपरेको भन्दै पत्र लेखी पठाइएको थियो ।

अन्तिमपटक सर्वोच्च अदालतलाई २०७७ फागुन ७ गते उत्तर पुस्तिका पेश गर्न अदालतले त्रिविलाई पत्र लेखेर पठाएको थियो। फागुन ९ गते त्रिविले सो पत्र बुझे पनि उत्तर पुस्तिका अदालतमा पेश नगरेपछि अदालतले पछिल्लोपटक २०७७ फागुन ११ गते आदेश गर्दै उत्तर पुस्तिका झिकाउने आदेश गरेको हो।

यसरी विभिन्न मितिमा सर्वोच्च अदालतले उत्तर पुस्तिका पेश गर्न आदेश गरेपनि त्रिविले विभिन्न बहाना गर्ने तर उत्तर पुस्तिका पेश नगर्ने गरेको उक्त फाँटका कर्मचारीले बताए।

ज्वाइँलाई पास गराउन यस्तो थियो चलखेल 

पाँच वर्षअघि २०७२ भदौ २४ गते आन्तरिक तथा खुलातर्फ विभिन्न विषयका स्थायी उप-प्राध्यापक पदका लागि त्रिवि सेवा आयोगले विज्ञापन निकालेको थियो। सो मध्ये विभिन्न विषयको परीक्षामा अनियमितता भएको भन्दै आयोगका पदाधिकारीहरूले लाखौं रूपैयाँ असुलेर आफू निकटका उम्मेदवारलाई लिखित तथा मौखिक परीक्षामा उत्तीर्ण गराएको आरोप लागेको थियो।

सोही क्रममा गणित (मानविकी) र गणित (विज्ञान) तर्फ खुला तथा आन्तरिकतर्फ भएको परीक्षामा अनियमितता भएको भन्दै दुईजना परीक्षार्थीहरू विष्णुकुमार गिरि र सुरेन्द्र यादवले राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए ।

उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा समेत व्यापक अनियमिता भएको भन्दै नयाँ तथ्यहरू भेटिएको थियो। तत्कालीन अवस्थामा छानबिन गरेका राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालका अनुसार आफ्नो छोरी ज्वाइँलाई पास गराउनका लागि एकजना प्राध्यापकले आफैं प्रश्न छनौट गर्ने, प्रश्नको उत्तर बनाएर दिने तथा उत्तर पुस्तिका समेत जाँच्ने र जाँच्ने बेला ज्वाइँकै उत्तर पुस्तिका हो भनेर बुझ्नका लागि उत्तर पुस्तिकामा संकेत लेखेको कुरा समेत फेला परेको थियो।

गणित विज्ञान विषयको दोस्रो खण्डको उत्तर पुस्तिका जाँचकी शिक्षक रामविश्वास साहले आफ्नै नातेदार सहोदर छोरी ज्वाइँ अमरनाथ साहको कापी (उत्तर पुस्तिका) जाँचेर पास गराएको तथ्य खुलेको थियो। 

'एउटै व्यक्ति रामविश्वास साहलाई गणित विषयको प्रश्नपत्र निर्माण गर्ने विज्ञ र सोही विषयको उत्तर पुस्तिका जाँच गर्ने विज्ञको रूपमा आयोगले नियुक्त गरेको थियो,' अनुसन्धान अधिकारी खनालले लोकान्तरसँग भने, 'यसरी आफैंले बनाएको प्रश्न आफ्ना ज्वाइँलाई दिएको, उसैको उत्तर पुस्तिका आफैंले जाँचेर पास गराएको तथ्यहरू फेला परेको थियो।'

प्रश्नपत्र निर्माणकर्ताको रूपमा, उत्तर पुस्तिका जाँचकीको रूपमा र प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई दिएको कुरा साहले लिखित रूपमा बयान गरेर स्वीकार समेत गरेको खनालले बताए।

आफ्नो नातेदार परीक्षार्थी भएको अवस्थामा वा यदि अन्य कुनै कारणले असमर्थ भएमा सोको जानकारी सेवा आयोगलाई गराउनु पर्ने हुन्छ। तर,  साहले भने आफ्नो छोरी ज्वाइँ परीक्षार्थी भएको भन्ने कुराको जानकारी आयोगलाई नगराई ढाँटेको पाइएको थियो ।

त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ६८ मा (आचार सम्बन्धी व्यवस्थामा ) आफैं निर्णय लिन नहुने भनी अख्तियार पाएको कुनै पदाधिकारी, शिक्षक, कर्मचारी वा विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले आफ्नो नाता पर्ने शिक्षक वा कर्मचारी वा व्यक्तिको बारेमा निर्णय लिन हुँदैन भन्ने उल्लेख छ।

साथै उक्त नियमको स्पष्टीकरणमा यस निकायको प्रयोजनका लागि नाता पर्ने कुनै शिक्षक कर्मचारी भन्नाले पति, पत्नी, छोरा, छोरी वा ज्वाइँ, दाजुभाइ वा निजहरूका पति-पत्नी तथा विवाहित महिला कर्मचारीको हकमा निजको सासू ससुरा समेत जनाउँदछ भनी स्पष्ट किटान गरिएको छ।

यसरी त्रिवि सेवा आयोगको पत्र तथा नियम ६८ मा उल्लेख भएबमोजिमको आचरण शिक्षक रामविश्वास साहले पालना नगरेको तथा आफ्नै सहोदर छोरीज्वाइँको कापी जाँच गरेर कानूनविपरीत कार्य गरेको अनुसन्धानबाट खुलेको थियो।

प्रश्न हल गरिएको सोलुसन बेचेर लाखौं रूपैयाँको सेटिङप्रश्नपत्र मात्र सारेर पनि परीक्षामा पास

प्रश्नपत्र निर्माता र उत्तर पुस्तिका जाँचकी समान व्यक्ति भएका कारण परीक्षा हुनुअगावै केही सीमित उम्मेदवारहरूलाई लाखौँ रूपैयाँमा सेटिङ गरेर प्रश्नपत्रको समाधान (सोलुसन) बिक्री गरिएको तथ्य समेत छानबिनबाट भेटिएको थियो।  उत्तर पुस्तिका जाँच गर्ने शिक्षक चेतराज भट्टले लिखित परीक्षा हुनुभन्दा पहिले नै परीक्षामा सोधिने प्रश्नहरू हल गरी विभिन्न व्यक्तिहरूलाई लाखौँ रकम लिएर बिक्री गरेको खुलेको थियो ।

सतर्कता केन्द्रले छानविनका लागि उत्तर पुस्तिका माग गर्दा अभिलेख गोप्य रहने तथा उत्तर पुस्तिका हेर्न नमिल्ने भनेर सेवा आयोगले उत्तर पुस्तिका हेर्न दिएको थिएन। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा उत्तर पुस्तिका  झिकाएको थियो। उक्त उत्तर पुस्तिका विज्ञद्वारा पुनः परीक्षण गर्न लगाउँदा प्रश्नपत्र मात्र सारेका व्यक्ति प्रमोदकुमार गोइत समेत लिखित परीक्षामा पास भएको तथ्य फेला परेको थियो।

प्रश्नपत्र मात्र सार्ने, कमै लेखेर पनि बढी अंक दिएर पास गराइएको परीक्षार्थीको उत्तरपुस्तिकामा संकेत बनाइएको तथ्य भेटिएको थियो। अनावश्यक ठाउँमा अंग्रेजीमा 'टियु सर्भिस कमिसन' लेखिएको संकेत भेटिएको थियो।

१० देखि १५ लाख रूपैयाँसम्म घुस लिएर परीक्षार्थीलाई पास गराइएको भन्ने उजुरी त्यसबाट समेत पुष्टि भएको थियो।

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने बेला अमरनाथ साह, चेतराज भट्ट, रामविश्वासप्रसाद साह, प्रमोद कुमार गोइतलाई थुनछेक आदेशका बेला धरौटीमा छोडेको थियो।

२०७५ जेठ १४ गते विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको थियो। पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनारावेदन गरेको थियो।

त्यसैगरी परीक्षार्थीहरू विष्णुकुमार गिरी र सुरेन्द्रकुमार यादवले समेत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दुवै मुद्दा अहिले सर्वोच्चमा विचाराधीन अवस्थामा छ। सोही क्रममा अदालतले पटक-पटक विवादित उत्तर पुस्तिका अदालतमा बुझाउन पटक-पटक आदेश दिँदा पनि त्रिवि सेवा आयोगले झेल गर्दै आएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x