×

NMB BANK
NIC ASIA

उदयपुरका स्थानीय तहमा कृषि उत्पादन बढ्यो

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुरका स्थानीय तहमा गरीबी निवारण गर्न तथा आर्थिक समृद्धि र रोजगार व्यवस्थापनको लागि उदयपुरको विभिन्न स्थानीय तहले पर्यटन, उद्योग, आदि योजना अगाडि बढाइरहेको बेला ३ स्थानीय तहले भने कृषि विकास र उत्पादनलाई विशेष जोड दिँदै उत्पादन वृद्धि गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ती स्थानीय तहमा बेलका, चौदण्डी र त्रियुगा नगरपालिका रहेका छन् । विगत २ वर्षदेखि नै जिल्लाको बेलका नगरपालिकाले सबैभन्दा बढी कृषि उपज उत्पादनलाई जोड दिँदै हरियो तरकारी, मकैखेतीको उत्पादनमा जोड दिँदै आएपछि त्यसको उत्पादनमा अहिले वृद्धि भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलकामा कृषि उत्पादनमा मुख्य त ५०० हेक्टर क्षेत्रफलमा हरियो तरकारी उत्पादन गर्दै आएको र यस आर्थिक वर्षबाट ७०० हेक्टरमा हरियो तरिकारी उत्पादनको लागि योजना अगाडि बढाएको प्रमुख थापाले बताए ।


Advertisment
Nabil box
Kumari

१ वर्षभित्र बेलकाले ४ करोड मूल्यको १ हजार ८०० टनसम्म तरकारी उत्पादन गरेको बेलका नगरपालिकाले जनाएको छ । कृषि उत्पादन वृद्धिको लागि नगरपालिकाले धान उत्पादन र मकै उत्पादनमा विशेष जोड दिँदै कृषकलाई निःशुल्क मल बीउसहित सबै जग्गामा अनिवार्य रूपमा धान र मकैखेती उत्पादनमा जोड दिएको नगरपालिकाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले पटक–पटक गरेर डेढ करोड रुपैयाँसमेत कृषिमा लगानी गरिसकेको प्रमुख थापा बताउँछन् । कृषिबाट नै नगरपालिकाको विकास र आर्थिक सम्भव रहेका कारण जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको सो नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।

चौदण्डी गढीले कृषिमा मुख्य गरेर अहिले चौदण्डी  कटुन्जे बेबला क्षेत्रको झण्डै ४०० हेक्टर क्षेत्रफलमा आलु उत्पादनमा जोड दिएको छ भने जिल्लाको सुन्दरपुर, हँडिया जोगिदह क्षेत्रमा धान र केरा खेतीमा जोड दिएको छ ।

गत वर्षसम्म २४० हेक्टरमा आलु खेती हुने गरेको नगर विस्तार गरेर ३०० हेक्टरभन्दा बढीमा ५० लाख लगानी गरेर आलु उत्पादन शुरू गरेपछि यस पटक चौदण्डीमा हालसम्मकै धेरै आलु उत्पादन भएको र आलुमा उत्पादनमा नगर आत्मनिर्भर भएको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x