प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक शुक्रवार

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रवार बोलाएको छ ।

बैठक फागुन २१ गते अपराह्न १ बजे संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ  । 


Advertisement

बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो ।

फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधि सभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

कमेन्ट गर्नुहोस्