शेयर बजारमा गिरावट, व्यापार र होटलबाहेक सबै समूह राताम्मे

शेयर बजारमा बुधवार पनि गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ३९ दशमलव २३ अंकले घटेर २४ सय १६ कायम भएको हो ।

व्यापार र होटल तथा टुरिजमबाहेक सबै समूहमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।


Advertisement

बुधवार चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एसियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव ३६ प्रतिशतले गिरावट आएको छ ।

बुधवार सबैभन्दा धेरै ट्रान्जिक्सन नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)को भएको छ । निफ्राको शेयर ७ हजार ६ सय ६४ पटक किनबेच हुँदा दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको २ हजार १८ पटक कारोबार भएको देखिन्छ ।


Advertisement

१३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा जम्मा २९ कम्पनीको मूल्य बढेको छ । अन्य ७ कम्पनीको मूल्य भने यथावत रहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्