गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
जिल्ला अदालत काठमाडौंले कल्पनालाई अपराधी ठहर गर्दै आजीवन काराबासमा राख्ने फैसला सुनाएको हो ।
गत साउन २५ गते गोंगबुमा कृष्णबहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो ।
बोहराको घाँटी रेटी हत्या गरेर सुटकेसमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।
सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौं जिल्ला अदालतले आजीवन काराबासको सजाय सुनाएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर काराबासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ ।
साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।
लोकान्तर संवाददाता