काँक्रोको तीतो हटाउने सरल उपाय

गर्मीमा फलफूल प्रशस्त खानुपर्छ । पानीको कमी पूर्ति गर्नका लागि फलफूल आवश्यक हुन्छ । काँक्रोमा पानी प्रचुर मात्रामा हुन्छ । धेरैजसो सलादका रूपमा खाइने काँक्रो स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ ।

यसले शरीरलाई आर्द्र राख्नुका साथै पाचन पनि दुरुस्त राख्छ । छाला पनि उज्यालो गराउने अनि क्यान्सर पनि रोक्ने काँक्रोको विशेषता हो । तनाव र मानसिक रोग पनि काँक्रोले कम गराउँछ ।


Advertisement

तर काँक्रो तीतो हुँदा खान मन नलाग्न सक्छ । अनि काँक्रोको तीतोले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने छैन । काँक्रो प्राकृतिक रूपमा तीतो हुन्छ र यसमा भएका रसायनले नै यसलाई तीतो बनाउने हो । तापक्रमको अन्तरले पनि काँक्रोलाई तीतो बनाउन मद्दत गर्छ । पर्याप्त सिँचाइ र मलको कमीले पनि काँक्रो तीतो हुन्छ । काँक्रोको तीतो भाग नकाटिकन खाँदा बिरामी पनि पर्न सकिन्छ । यसको तिक्तता कसरी हटाउने हामी तपाईंलाई बताउँछौं ।

काँक्रोमा नून दल्दा तीतो हट्छ । यसका लागि तपाईं पहिला काँक्रोलाई लामो गरी काट्नुस् । त्यसपछि यी दुवै भागमा नून दलेर एकअर्कासँग दल्नुस् । यसो गर्दा सेतो फिँज निस्कन्छ । यो प्रक्रियालाई दुईतीनचोटि दोहो–याउनुस् र काँक्रो धोएर खानुस् । तीतोपन हटिसकेको पाउनुहुनेछ ।


Advertisement

नून नलगाइकन काँक्रो काटेर दल्दा पनि तीतोपन भाग्छ ।

एउटा काँटाले काँक्रोको टुप्पोमा घरिघरि घोचेर प्वाल पार्नुस् । प्वालबाट फिँज निस्केर तीतोपन हट्छ । त्यसपछि काँक्रोलाई दुवै छेउबाट काट्नुस् र त्यसको बोक्रा ताछ्नुस् । अब तपाईं काँक्रो धोएर खान सक्नुहुन्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्