
कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा ९०.६७ अंकले बढेको छ । नेप्से परिसूचक ३.७५ प्रतिशत बढ्दा बजार २५०६.६८ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढ्दै बजार ४५१.४६ विन्दुमा पुगेको छ ।
कुल २ सय ६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपैयाँमा खरिद भएको छ ।
कारोबारका आधारमा बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंकको बिहीवार अग्रस्थानमा रहेको छ ।
यस दिन बैंकको ५३ करोड २३ लाख ९० हजार ६ सय ७६ रुपैयाँ बराबरको ९ लाख ८९ हजार ४ सय ९१ कित्ता शेयर कारोबार भएको छ ।
यस दिन चन्द्रागिरी हिल्स, सुर्योदय लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जसमध्ये, चन्द्रागिरी हिल्सको शेयर मूल्य ५५ रूपैयाँले बढ्दै ६ सय ५, सुर्योदयको १ सय ७६ रूपैयाँले बढ्दै १९३६, लिबर्टीको २६ रुपैयाँले बढ्दै २ सय ८६ रुपैयाँ पुगेको छ ।
यससँगै बिहीवार अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ ।
यस्तै इन्फिनिटी लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मुल्य ९.६७ प्रतिशतले बढेको छ ।