प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्याइरहेको छ, हामीले झ्यालबाट हेरिरहेका छौं – कांग्रेस प्रवक्ता

फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा पुनःस्थापनापछि बन्ने सरकारको विषयमा कांग्रेसले आधिकारिक निर्णय लिइनसकेको बताएका छन् ।

बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता शर्माले नयाँ सरकार बनाउने विषयमा थप निर्णयमा पुग्नु आवश्यक भएको बताएका हुन् ।


Advertisement

'प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याएको छ तर हामीले झ्यालबाट संयमतापूर्वक हेरिरहेका छौं,' प्रवक्ता शर्माले भने ।

कांग्रेसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वको सरकार बनाउनुपर्ने मत बलियो छ । त्यही विषयमा छलफल गर्न आज पदाधिकारी बैठक डाकिएको थियो । 


Advertisement

बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । यसबारे शुक्रवार बस्ने संसदीय दलको बैठकमा समेत छलफल हुनेछ ।

पढ्नुहोस् यो पनि - आफ्नै नेतृत्वमा सरकार बनाउन देउवा अग्रसर !

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्