विप्लव समूह शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आउनुको मुख्य श्रेय प्रधानमन्त्रीलाई जान्छ : मन्त्री ज्ञवाली

 परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेकपा विप्लव समूहले हिंसात्मक बाटो छाडेर आउन सहमत हुनु समकालीन नेपाली राजनीतिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । 

आइतवार सामाजिक सञ्जालमा लेख्दै मन्त्री ज्ञवालीले एकीकृत जनक्रान्तिका नाममा सशस्त्र गतिविधिमा संलग्न नेकपा विप्लव समूहले हिंसात्मक बाटो छाडेर आउनु महत्वपूर्ण उपलब्धी भएको बताएका हन् । 


Advertisement

उनले सिके राउत र विप्लव समूह संविधानको मूल प्रवाहमा समाहित भएसँगै  नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबद्ध हुन पुगेको बताएका छन् । 

मन्त्री ज्ञवालीले भनेका छन्, 'यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय सम्माननीय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ ।'


Advertisement

पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउत त्यसलाई परित्याग गर्दै राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र '...

Posted by Pradeep Gyawali on Thursday, March 4, 2021

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्