पत्नीले केही नभनी हिँडिदिँदा पतिले गरे यस्तो काम, सबैजना हाँसे

सामान्यतया पत्नीले पतिलाई केही नभन्दा पतिले के गर्छ ?

नातागोता र साथीभाइलाई सोधखोज गर्छ अनि केही लागेन भने प्रहरीलाई खबर गर्छ । 


Advertisement

तर भारतको छत्तीसगढमा एक व्यक्तिकी पत्नीले केही नभनी हिँडिदिँदा तनावमा आएर पति बिजुलीको खम्बामा चढेको छ । 
 

बलरामपुरमा मानिसहरूले उक्त व्यक्तिलाई खम्बामा चढेको देखे । ऊ त्यहाँबाट लड्ला र चोटपटक लाग्ला भनी मानिस आत्तिए । 


Advertisement

उसलाई मानिसहरूले धेरै सम्झाइबुझाइ गरे अनि पत्नी खोजेर ल्याइदिन्छौं समेत भने । तर उसले कसैको पनि कुरा सुनेन ।

त्यसपछि मानिसहरूले प्रहरी बोलाए । प्रहरीले उसलाई खम्बाबाट झार्नका लागि कोशिश गर्‍यो । 

घटना बिहीवार भएको हो । प्रहरीका अनुसार, उक्त व्यक्ति रक्सीको नशामा चुर थियो । 

त्यस्तो अवस्थामा पत्नी नभेटिँदा ऊ चिन्तित थियो । दिमागले काम नगरेपछि ऊ खम्बामा चढ्यो । उसलाई क्रेनको सहायतामा बल्लबल्ल तल झारियो । 

कतिपय मानिस चाहिँ उसको हर्कत देखेर हाँसेको हाँस्यै भए । 

प्रहरीले उक्त व्यक्तिलाई खम्बाबाट झारेर चौकी लग्यो । सोधपुछपछि उसलाई छाडिदियो । 

पत्नी घर फर्किन् कि फर्किनन् भन्ने केही खुलेको छैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्