×

NMB BANK
NIC ASIA

अर्थमन्त्री पौडेलको चुनौति : हिम्मत भए परिचयका साथ औद्योगिक करिडोरको विरोधमा सडकमा आउनु

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको मोतीपुरमा शुक्रबार मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ ।

Muktinath Bank

स्थानीयको अवरोधकाबीच अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री पौडेलको गाडीमा ढुंगामुढा समेत गरेका थिए । कार्यक्रम चलिरहदा स्थानीयले नाराबाजी र ढुंगामुढा समेत गरेका थिए । शिलन्यास गरे बुटवल फर्किएपछि स्थानीयले शिलन्यास स्तम्भ पनि स्थानीयले भत्काइदिएका छन् । 


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री पौडेलले कसैले अवरोध गर्दैमा औद्योगिक करिडोर निर्माणका कार्य नरोकिने स्पष्ट पारे । ‘औद्योगिक क्षेत्रमा परेका भूमिहीन र सुकुम्बासीको घरबास नभएका, बेघरबार र भूमिहीनकोक व्यवस्थापनको जिम्मा सरकारले लिन्छ’ मन्त्री पौडेलले भने, ‘कसैले उक्साएर अवरोध सृजर्ना गर्दैमा औद्योगिक करिडोर निर्माण रोकिँदैन । यो सरकारको महाअभियान हो । अब तीब्र रूपमा काम अगाडि बढ्छ ।’

Vianet communication
Laxmi Bank

हिम्मत छ भने, पर्दा उघारेर परिचयका साथ औद्योगिक करिडोरको विरोधमा सडकमा आउन पौडेलले अवरोध गर्न खोज्नेलाई चुनौती दिए । 

‘हामीले स्थानीयबासीसँग २०७२ सालदेखि नै छलफल र समन्वय गरी अगाडि बढेका हौं । कसैलाई उठिबास लगाउन होइन । ५० हजार भन्दा बढीलाई रोजगारी दिनको लागि हो’ पौडेलले भने । 

केही मानिसहरुलाई उचालेर बिथोल्न खोजे औद्योगिक क्षेत्र शिलान्यासको काम  सफलताका साथ सुरु भएर  सफलताका साथ सम्पन्नको मन्त्री पौडेलले स्पष्ट पारे ।

कसले भड्काएर त्यसले आफूहरूलाई फरक नपार्ने पौडेलले स्पष्ट पारे ।  ‘स्थानीयलाई भूमिसम्बन्धी समस्या समाधान गरी भूमिको मालिक बनाउँछौ । केही मानिसमा भ्रम सृजना गरेर औद्योगिक करणको महाअभियान रोक्न खोज्दैमा रोकिँदैन’ मन्त्री पौडेलले भने । मोतीपुरमा मोति फल्ने पौडेलले दावी गरे । 

वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यहाँका जनतालाई विस्थापित नगर्ने स्पष्ट पारे । विकास विरोधी कोही पनि हुन नसक्ने बताए । विकासप्रेमीको लागि बुटवलको घटना भ्रत्सना गर्नुपर्ने भएको बताए । मलाई पनि शिलान्यास कार्यक्रम स्थगित गर भनेर फोन आएको थियो । सामान्य होला विरोध जनाएका होलान् भन्ने लागेको थियो । तर, विकास विरोधी तत्वहरु देखियो । यस्तो प्रवृत्तिलाई नरोके देश आर्थिक समृद्धितर्फ जान सक्दैन ।’

८१३ बिगाहा क्षेत्रफलमा ५ वर्षभित्र अनुमानित ८ अर्बको लागतमा निर्माण हुन लागिरहेको मोतिपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई ३ सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ । 

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ । 

तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ । ‘ए’ सेक्टरमा १ सय ३० प्लट निर्माण हुनेछन् । सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा २ सय ६२ प्लट र ‘सी’ सेक्टरमा १ सय ५२ प्लट बन्नेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x