×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगलाई प्रचण्ड–नेपालको पत्र: निर्णय दिन ढिलाइ किन ? [पत्रसहित]

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पार्टी विवादको निर्णय छिटो सुनाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

Muktinath Bank

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरू आयोग गएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा नै आधिकारिक पार्टी भएकाले संविधान तथा कानून बमोजिम अविलम्ब विवाद निरुपण गरी पाउँ भन्दै आयोगलाई पत्र दिइएको हो । 


Advertisment
Nabil box
Kumari

नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, केन्द्रीय कमिटी सदस्य विशाल भट्टराई, महेश बस्नेत, कर्ण बहादुर थापा, सूर्य बहादुर थापा क्षेत्री, प्रभु शाह र शान्ता चौधरीलाई पार्टीले गरेको कारबाही समेत पत्रमा जानकारी गराइएको छ । 

Vianet communication
Laxmi Bank

२०७७ पुस ७ गते केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाइएको तथा प्रचण्ड–नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक रहेको पत्रमा उल्लेख छ । 

संसदीय दलको मुख्य सचेतक देव प्रसाद गुरुङलाई अनाधिकृत रूपमा टाई अर्को व्यक्तिलाई मुख्य सचेतक नियुक्त गरी पार्टी हित विपरीत गैरकानूनी र स्वेच्छाचारी व्यवहार प्रदर्शन गरेको, प्रदेश सभा सञ्चालनमा बाधा पुर्‍याएको, प्रदेश सभालाई निकम्मा बनाई संविधानद्वारा घोषित संघीयतालाई कमजोर बनाउने कार्य गरेको, केन्द्रीय कमिटीका अल्पमत सदस्यहरू भेला गराई त्यसैलाई पार्टीको बैठक भन्दै पार्टी हित विपरित काम गरेको आरोप लगाइएको छ । 

आठ बुँदामा आरोपहरू लगाउँदै फागुन १९ गते बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले गरेको निर्णय पत्रमार्फत जानकारी गराइएको छ । 

प्रचण्ड–नेपाल पक्षलाई जवाफ दिँदै केही दिनमा नै विवाद टुंग्याउने आश्वासन दिएको एक नेताले जानकारी दिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x