सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ ।
यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिए तापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिए ।
दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हुँदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ ।
लोकान्तर संवाददाता