×

NMB BANK
NIC ASIA

प्रेरणाकी स्रोत प्रमिला : चिया उद्योगबाट मासिक डेढ लाख कमाइ

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन र महिलाले पनि धेरै गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् कैलालीको धनगढी उपमहानगरपालिका–४ मित्रनगकी प्रमिला भण्डारी ।

Muktinath Bank

उनकै नेतृत्वमा धनगढीमा सञ्चालनमा रहेको कञ्चन चिया उद्योगले व्यक्तिगत कमाइ मात्रै भएको छैन, ४ जनालाई रोजगारी समेत दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माध्यमिक तहमा पढ्दा–पढ्दै विवाह बन्धनमा बाँधिएकी प्रमिलाको सफल उद्यमी बन्नेसम्मको यात्रा उतारचढावपूर्ण छ । अहिले आएर प्रमिला युवाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।


Advertisment
Nabil box
Kumari

प्रेमिला सहजै उद्यमी बनेकी भने होइनन् । यसअघि उनले थुप्रै संघर्ष गर्नुपरेको छ । संघर्षको प्रतिफल अहिले प्रेमिला मासिक डेढ लाख कमाइ गरिरहेकी छन् ।

Vianet communication
Laxmi Bank

सिन्धुलीमा जन्मिएकी प्रमिला बुवाआमासँगै बसाइ सरेर कञ्चनपुरको पुनर्वास नगरपालिका पुगिन् । ७–१० कक्षासम्म उनले गाउँकै पुनर्वास जनता माध्यमिक विद्यालयमा अध्ययन गरिन् । 

उनी ८ कक्षा पढ्दा–पढ्दै नेपाल विद्युत् प्राधिकरण कञ्चनपुरमा कार्यरत वीरेन्द्रसिंह भण्डारीसँग विवाह बन्धनमा बाँधिइन् । त्यतिबेला १८ वर्षमा मात्रै प्रवेश गरेकी थिइन् । 

‘८ कक्षा पढ्दा–पढ्दै मेरो विवाह भयो, हामीले एकअर्कालाई मन पराएर विवाह गरेका हौं,’ उनले भनिन्, ‘विवाहपछि पनि मैले पढ्न छोडिनँ । ८ कक्षाको परीक्षा दिएँ, त्यसपछि एसएलसी दिएँ । त्यसपछि पहिलो सन्तानका रूपमा छोरीको जन्म भयो, त्यसपछि मैले पढाइलाई निरन्तरता दिन सकिनँ ।’

पढाइलाई निरन्तरता दिन नसकेपछि उनले स्थानीय बजारमा व्यवसाय सञ्चालन गरिन् । ‘११ वर्ष मैले बिजुली पसल सञ्चालन गरे, त्यससँगै नेपाल विद्युत् प्राधिकरणमा सहयोगीका रूपमा काम गर्न थाले,’ उनले भनिन्, ‘२०६२ सालमा अर्की छोरीको जन्म भयो, त्यसपछि २०६५ सालमा छोराको जन्म भयो । पारिवारिक जिम्मेवारी बढेपछि मैले जागिरलाई निरन्तरता दिन सकिनँ । छोराछोरीको लालन–पालनमा ध्यान केन्द्रित भयो ।’

पारिवारिक स्थिति सामान्य हुँदा प्रमिलाको काँधमा जिम्मेवारी धेरै थियो । पति कार्यालयकै काममा व्यस्त रहन्थे भने प्रमिलाले घर गृहिणीदेखि व्यवसाय सञ्चालनबाट घर खर्च चलाउने गर्थिन् ।

केही समयपछि भण्डारी परिवार कञ्चनपुरको पुनर्वासबाट धनगढीको मित्रनगर बसाइ सर्‍यो । व्यवसाय छोडेर धनगढी सरेकी प्रमिला त्यतिबेला बेरोजगार गृहिणी महिला मात्र थिइन् । 

‘दिनचर्या निकै अप्ठ्यारो थियो । घरकै काममा सीमित थिएँ त्यतिखेर, के गरौं–गरौं भइरहेको थियो,’ उनले भनिन्, ‘फेरि केही न केही व्यवसाय गर्ने सोच भयो । सुदूरपश्चिममा चियापत्तिको सम्भावना राम्रो भएकाले चिया उद्योग सञ्चालन गर्ने योजना बनायौं । उद्योग सञ्चालन गर्न झण्डै २० लाख लाग्ने आकलन गर्‍यौं तर त्यतिधेरै रकम हामीसँग थिएन । वित्तीय संस्थाबाट २० लाख रुपैयाँ ऋण लिएर उद्योग सञ्चालनमा ल्याएँ ।’

धनगढीको मित्रनगरबाट उद्योग सञ्चालनमा ल्याएकी भण्डारीले हाल ४ जनालाई रोजगारी दिइरहेकी छन् । ‘२ जना पुरुष र २ जना महिला गरी ४ जनालाई रोजगारी दिएकी छु,’ उनले भनिन्, ‘२ जना अपरेटरलाई २५/२५ हजार र २ जना कामदारलाई १५/१५ हजार रुपैयाँ तलब दिएकी छु ।’

कञ्चन चिया उद्योगबाट उत्पादन भइरहेको चियापत्ति सुदूरपश्चिमका ९ वटै जिल्लामा गइरहेको छ । ‘१५ ग्रामदेखि १ किलोग्रामसम्मका सबै साइजमा चियापत्ति उपलब्ध छ,’ भण्डारीले भनिन्, ‘मासिक रूपमा डेढ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ, सबैबाट साथ हौसला र प्रेरणा पाएकी छु, सन्तुष्ट छु ।’

प्रमिलाले चिया उद्योग सञ्चालनमा ल्याएको १ वर्ष मात्रै पुग्यो । वार्षिकोत्सवका अवसरमा उनले धनगढीमा रक्तदान कार्यक्रम पनि गरेकी थिइन् ।

‘उद्योगलाई निरन्तरता दिने मात्र होइन, नयाँ केही काम गर्ने योजना छ,’ उनले थपिन्, ‘नयाँ केही व्यवसाय पनि सञ्चालनमा ल्याउने योजना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x