×

NMB BANK
NIC ASIA

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् ।

Muktinath Bank

उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए। उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे ।  सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए। उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गरे । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गरे । 


Advertisment
Nabil box
Kumari

उनीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरे । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गरे । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो । 

Vianet communication
Laxmi Bank

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गरे । 

यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो भए। उनले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गरे । यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए। उनीहरूले क्रमश : रु ७५ हजार, रु ५० हजार तथा रु ३५ हजार नगद पुरस्कार प्राप्त गरे । सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो । 

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले जितिन्। उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा एक घण्टा २० मिनेट ९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा एपिएफ क्लबकै विन्द्रा धन्के श्रेष्ठ एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भइन्। उनीहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे । 

उक्त पुरस्कारको प्रायोजन ग्लोबल आइएमईले प्रायोजन गरेको हो । उपाधि विजेता भण्डारीलाई एक थान स्कुटरसमेत पुरस्कारस्वरुप प्राप्त गरे । 

यस्तै १० किलोमिटर दौडमा सैनिक अधिकृत महिलातर्फ चण्डीदल गणकी उपसेनानी दुर्गा केसी ४९ मिनेट २९ दशमलव ४५ सेकेण्डका साथ पहिलो, नं १ विपत् व्यवस्थापन गणकी सहसेनानी चन्द्रा बानियाँ ५१ मिनेट २७ दशमलव ३१ सकेण्डका साथ दोस्रो तथा हवाई सुरक्षा तालीम शिक्षालयकी सहसेनानी देवी पुन ५१ मिनेट ५६ दशमलव २८ सकेण्डका साथ तेस्रो भइन्।

यसैगरी १० किलोमिटर दौड सैनिक अधिकृत पुरुषतर्फ नं १६ बाहिनी जगदल गणका सहसेनानी दिशान्त विष्ट ३८ मिनेट १२ दशमलव ०३ सेकेण्डका साथ पहिलो, इन्द्रबक्स गणका सहसेनानी डम्बर बुढा ३८ मिनेट ४१ दशमलव ०६ सेकेण्डका साथ दोस्रो तथा युद्धकवच गणका उपसेनानी विशालचन्द्र बाजी ३८ मिनेट ५९ दशमलव ०१ सकेण्डका साथ तेस्रो भए। उनीहरूले क्रमशः रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

दश किलोमिटर दौड गैर सैनिक पुरुषतर्फ सुमन न्यौपाने ३३ मिनेट २३ दशमलव ९१ सकेण्डका साथ पहिलो, दिनेश बोगटी ३३ मिनेट ४१ दशमलव ७६ सेकेण्डका साथ दोस्रो तथा महेन्द्र बराल ३७ मिनेट ३० दशमलव १४ सकेण्डका साथ तेस्रो भए। दश किलोमिटर गैर सैनिक महिलातर्फ सरस्वती बोहरा ४२ मिनेट ४१ दशमलव ३२ सेकेण्डका साथ पहिलो, बन्दना राई ४३ मिनेट ४३ दशमलव ५२ सेकेण्डका साथ दोस्रो तथा सचिना सुनुवार ४५ मिनेट सात दशमलव ३० सकेण्डका साथ तेस्रो भए।  

पाँच किलोमिटर दौड विद्यालय छात्रतर्फ विश्वराम कुँवर १८ मिनेट १० दशमलव २३ सेकेण्डका साथ पहिलो, विमलविक्रम थापा १९ मिनेट ५१ दशमलव २५ सेकेण्डका साथ दोस्रो तथा अनिलकुमार बुढा २० मिनेट २६ दशमलव ३० सेकेण्डका साथ तेस्रो भए। यस्तै पाँच किलोमिटर दौड छात्रातर्फ सदीक्षा कार्की २६ मिनेट ११ दशमलव ६४ सेकेण्डका साथ पहिलो, स्वेच्छा बलामीमगर २६ मिनेट ४२ दशमलव ३२ सेकेण्डका साथ दोस्रो तथा मिना डाँगी २७ मिनेट १७ दशमलव २१ सेकेण्डका साथ तेस्रो भए। उनीहरूले क्रमश ः रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

यसैगरी २१ किलोमिटर भेट्रान्सतर्फ धर्म महर्जन एक घण्टा १४ मिनेट २९ सेकेण्डका साथ पहिलो, भीम गुरुङ एक घण्टा २७ मिनेट २० सेकेण्डका साथ दोस्रो तथा भीमसेन अवाले एक घण्टा २७ मिनेट ३१ सेकेण्डका साथ तेस्रो भए। उनीहरूले क्रमश : रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे । उनीहरुलाई प्रधानसेनापति थापा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतले प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । सेनाको मुख्यालय जङ्गीअड्डाबाट शुरू भएको म्याराथन थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जगाति, सानोठिमी, पेप्सिकोला हुँदै विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर सकिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x