×

NMB BANK
NIC ASIA

तीन सडकलाई ७५ करोड सहयोग

फागुन २३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त हुने भएको छ ।

Muktinath Bank

नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो  सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुँदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

योजनाअन्तर्गत लैङ्गिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधि निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार काम अगाडि बढ्नुपर्नेमा कोभिडलगायत विविध कारणले नगरपालिकासँगको सम्झौता ढिलो हुन पुगेको हो । 

Vianet communication
Laxmi Bank

देशभरका ३३ नगरपालिकासँग आयोजनाका तर्फबाट सम्झौता गरिएको छ । आयोजनाका तर्फबाट करिब १४ अर्ब बजेटमा यो कार्यक्रम सञ्चालन हुँदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिकासहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलीबजार नगरपालिकासँग सम्झौता गरिएको हो । योजना सम्पन्न गर्ने अवधि पाँच वर्षको हुनेछ ।     

आयोजनाले व्यास नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारिपारि क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइ तीव्र भइरहेको अवस्थामा यो योजना सम्पन्न भएपछि गाउँ छाडेर शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको छ । 

साथै आयोजनाको कार्यान्वयनको चरणमा बृहत् शहर विकास अभियानअन्तर्गत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा राखेको बताइएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण 

व्यास नगरपालिका–१ वडा कार्यालयको आयोजना तथा लोकप्रिय मेडिकल सेन्टरको सहयोगमा शनिबार ११६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा उषान्त आचार्यको नेतृत्वमा पाँच जनाको स्वास्थ्य टोलीको सहयोगमा वडावासीका लागि नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

परीक्षण गरिएका ७३ महिला र ४३ पुरुषमध्ये २७ जना शल्यक्रिया गर्नुपर्ने प्रकृतिको बिरामी रहेको बताइएको छ । स्वास्थ्य परीक्षण गराएका ३८ ज्येष्ठ नागरिकमध्ये  २० पुरुष र १८ महिला रहेको आधारभूत स्वास्थ्य केन्द्रका अनमी सञ्चिता मिश्रले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x