×

NMB BANK
NIC ASIA

मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्चीमा बिनालाई बिर्सिँदा अन्याय हुन्न र ?

फागुन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वि.सं. ०४१ सालमै अध्ययन शुरू भएको भनिएको मेलम्ची खानेपानी आयोजना वि.सं. २०७७ सालमा पूरा भएको छ। आयोजनाको चर्चा चलेको ३७ वर्षपछि मेलम्चीको पानी सिन्धुपाल्चोकबाट काठमाडौंको सुन्दरीजलसम्म आइपुगेको चर्चा चारैतिर छ । चलचित्र 'भन्नै सकिनँ'को 'पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो...' बोलको गीत जस्तै राजधानीवासीको मेलम्चीको पानीले प्यास मेटाउने एउटा प्यासी सपना अन्तत: पूरा भएको छ।

Muktinath Bank

अनेकौं हण्डर, ठक्कर खाएर, भेलबाढी सहेर, धूलोमैलो हिलो टक्टक्याएर, कैयौंका लागि राजनीतिक श्राप र गालीको विषय बनेर, कैयौंका लागि जीवन मरणको अनि प्रतिष्ठाको विषय बनेर, कैयौंका लागि चिल्ला कार चढ्ने, महल ठड्याउने, छोराछरी विदेश पढाउने, निर्वाचन खर्च जोहो गर्ने 'माल' आयोजना बनेर, कैयौंलाई आफूसँगै सुरुङभित्र बगाएर, भत्किएर, हल्लिएर, हराएर, भागेर, च्यापेर ठगेर वा जेसुकै दु:ख-सुख सहेर अपमानको भारी बोकेर मेलम्ची आखिरीमा बग्दैबग्दै राजधानी आइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलम्चीको समाचार सुनेर हुर्किएका युवा अहिले बुढा भैसके । हालै सुन्दरीजलमा बटन थिच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- 'यो आयोजनाको कुरा चल्दा मेरो कपाल कालो थियो, अहिले सेतो भैसक्यो।' यसबाट नै प्रस्ट हुन्छ मेलम्चीको लम्बेतान दु:खको कथा। यतिका दशकमा त सगरमाथाको टुप्पोको हिउँ पगालेर बनाएको पानी पनि राजधानी ल्याउन सकिने हो। तर हामीलाई मेलम्चीले नै 'आउँछु । एकदिन पक्कै आउँछु । आँउछु नि बाबा विश्वास गर न,' भनेर ब्यग्रतापूर्ण सपना बाँडिरह्यो। हामी पनि कति धैर्यवान है? आउँछिन् भन्ने आशामा एक जुग नै कुरिरह्यौ।


Advertisment
Nabil box
Kumari

मलाई त यस्तो लाग्छ कि शायद, खोजबीन नै गर्‍यो भने संसारमा सबैभन्दा लामो समय लागेको आयोजना मेलम्ची नै होला। सागरमुनि हजारौं किलोमिटर प्वाल पारिसके । जमिनको अन्तिम सतहमा के रहेछ भनेर हेर्न र चारैतिरको फोटो खिच्न अन्तरिक्षमा यानहरू उडिसके । तर एकबारको जुनिमा यो धर्तीमा त्यही पनि त्यहीँपर सिन्धुपाल्चोकको मेलम्चीले धुरुधुरु रुवायो, तड्पायो, बैचेन बनायो, छटपटी बनायो । मेलम्ची आयोजना शुरू हुँदा पूर्व खानेपानी मन्त्री बिना मगर जन्मिएकी पनि थिइनन् । हामी त कता थियौं ? अकाशमा थियौं कि, जमिनमा थियौं ? कि कुनै अर्को ग्रहका नक्षेत्रमा थियौं ? यो पूर्वानुमान गर्न सकिने विषय रहेन ।

Vianet communication
Laxmi Bank

यो आयोजना समयमै सम्पन्न हुनुमा सरकारको नेतृत्वकर्ताको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली धन्यवादको पात्र अवश्य छन् । तर प्रत्यक्षरूपमा भन्नुपर्दा मेलम्चीले बिना मगरको तन, मन, वचन र कर्म सबै चोरेर लग्यो । उनका लागि मेलम्ची जीवनमरणको लडाईं थियो। राजनीतिक प्रतिष्ठाको विषय त थियो नै । प्रचण्डको बुहारी भएर मन्त्री भएकी यिनले के गर्न सक्लिन् र.. भन्ने धेरैको आशंका थियो। त्यसै त महिलाले साहसिक कामहरू पूरा गर्न सक्दैनन् भन्ने थिति जो छ।

भैरवनाथ गणमा भोगेका यातनादेखि स्ववियु निर्वाचनसम्म उनले भोगेका दु:ख र संघर्षबारे कसैलाई सरोकार थिएन। मात्र सबैको यही सरोकार थियो, कस्ता-कस्ता मान्छे आए मेलम्चीको पानी काठमाडौं ल्याउँछु भन्ने । अब यो बिना मगर कहाँकी हो, कसरी कहाँबाट ल्याउँछे पानी ? भन्नेहरू पनि पढेलेखेकै मानिसहरू देखिए, भेटिए। शायद यिनै आलोचनाबाट आजित भएर, इखालु भएर पनि होला जसरी पनि मेलम्चीको पानी राजधानी उतारेरै देखाउनका लागि उनी आक्रमक शैलीमा प्रस्तुत भएकी थिइन्।

अहिले धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओलीले खाइरहेका छन्। मणि थापाले पनि खाँदैछन्। ठिकै छ । जो जस्तो भूमिकामा रहेपनि आखिर विकास निर्माण भनेको राज्यसत्ताको काम हो, धर्म हो। तर छातिमा हात राखेर भन्नु पर्दा बिना मगर यस्ती एकजना अकाट्य पात्र हुन्, जसले मेलम्चीलाई आफ्नो राजनीतिक भविष्य र प्रतिष्ठासँग जोडेर हेरेकी थिइन् । काम गरेकी थिइन् । कुलमान घिसिङलाई बिजुलीको चिम बेचेर खायो भन्ने आरोप जस्तै बिना मगरलाई पनि ठेकेदार लगाएर पैसा खायो भन्ने आरोप लगाइयो, तर ती फर्जी आरोपहरू, मिथ्या आरोपहरू, नयाँ कम्पनी भित्रिएसँगै बेतुक ठहरिए । त्यसपश्चात मेलम्चीमा के भयो, त्यसको परिणाम मेलम्ची आज सुन्दरीजलमा बग्दैछिन् ।

मेलम्ची बिना मगरको कल्पना थिएन। उनी त केवल समयक्रमसँगै मेलम्चीको हुण्डरीमा मिल्न आइपुगेकी थिइन् । 'म अविवाहित हुँ तर कुमार भने हैन' भनेर विवादास्पद तर रसिक अभिव्यक्ति दिने सन्त नेताका रूपमा परिचित तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर सडक पखाल्छु’ भन्ने घोषणा गरेका थिए। उनको यसप्रकारको घोषणा आजको मितिसम्म पनि मानिसहरूको जनजिब्रोमा झुण्डिएर बसेको पाइन्छ। यस्तो लाग्छ, आज तिनै सन्त नेता कृष्णप्रसाद भट्टराईको मेलम्ची कल्पना व्यावहारिक रूपमा साकार भएको छ ।

मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्ने उनै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै मेलम्ची खानेपानी आयोजनासँग राजधानीबासीको एकप्रकारको अधुरो सपना रहिरह्यो। त्यो अधुरो सपना सधै अधुरो हुँदै आएको थियो। दिन बिते, महिना बिते, वर्ष बिते, दशक बिते, युग बिते, तर काठमाडौंको प्याससँग मेलम्चीले लुकामारी गरिरह्यो। मजाक गरिरह्यो। बहुदलपछि भट्टराई प्रधानमन्त्री भए ।

०४८ को चुनाव प्रचारका क्रममा उनलाई कसैले मेलम्ची खानेपानी आयोजनाबारे नसुनाइदिएको भए के हुन्थ्यो? शायद मेलम्चीको वार्षिक २ अर्ब लिटर पानी राजधानीवासीका लागी पर्खाइको विषय हुँदैनथ्यो। जे होस्, भट्टराईले आफ्नो कल्पना नेपालीमाझ राखे । कल्पना गर्नु सबैभन्दा महत्त्वपूर्ण र महान कार्य हो। भलै मेलम्चीको जस भट्टराईले लिन पाएनन्, तर काल्पनाशीलताको जस उनैलाई दिनुपर्दछ ।

राजनीतिमा सबैभन्दा प्रिय कुरा हो, जनताका लागि आफूले गरेको योगदानको जस लिने काम । वा यसो भनौं राजनीति जनताको हितका लागि गरिन्छ र त्यो परोपकारी हुनेगर्छ । हाम्रा सांसदहरूले जिल्लामा, गाउँमा पुगेर मैलै यो आयोजना र विकासका लागि यति रकम पारें, यो आयोजना मेरै कारणले सम्भव भयो भनेर भाषण गर्ने गर्छन्।

यो पनि एउटा जस लिने उपाय हो। वि.सं ०४२ तिर अष्ट्रेलीयन कम्पनीले मेलम्चीको सम्भाव्यता अध्ययन गर्ने जिम्मा लिएको थियो । अन्तिममा पूरा गर्ने अवसर अरू कम्पनीहरूलाई मिल्यो । देशमा अस्थिर राजनीतिक वातावरण हुँदा र शासक खासगरी नेतृत्व क्षमतावान र दुरदर्शी नहुँदा देशको विकासका कस्तो असर पर्दछ भन्ने बलियो उदाहरण मेलम्ची खानेपानी आयोजना हो ।

जस लिनकै लागि अरूले गरेको काम मैले गरेको हो भन्ने प्रवृति पनि हामीकहाँ छ । अन्टसन्ट कुरा गरेर नेताहरूले यो पनि मैले गरेको हो, त्यो पनि मैले गरेको हो भनेर एउटा झूटलाई हजारपटक घोकेर सत्य सावित गर्ने प्रयासहरू पनि देखिन्छन्। लोडसेडिङ कुलमान घिसिङले हैन मैले हटाएको हो भन्नेहरू पनि निस्किए । तिनीहरू औँलामा गन्न नसकिने गरी निस्किए । वास्तवमा मेलम्चीको काम सकिनुमा पूर्व खानेपानी मन्त्री बिना मगरको निकै ठूलो योगदान छ। राजनीतिक घटनाक्रमसँग जोडेर उनको महत्त्वपूर्ण योगदानलाई नजरअन्दाज गर्न मिल्दैन।

कसैको देवत्वकरण र दानवीकरण गर्नु आवश्यक छैन। सत्य कुरालाई ठीक साँचो हो भन्ने धर्म र त्यस प्रकारको चेतना गुमाउनु हुँदैन। दशकौंदेखि बन्धकजस्तो बनेको मेलम्ची खानेपानी आयोजनाका लागि धेरै प्रधानमन्त्रीहरूले पहलकदमी लिए । धेरै मन्त्री र सचिवहरू फेरिए। ठेकेदारहरू समेत फेरिए । जो खानेपानी मन्त्री हुन्छ, उसको टाउको शपथ खाँदादेखि नै दुख्न शुरू गर्छ । विवाद, शंका र सम्भावनासहित उसको कार्यकाल शुरू हुने गर्छ । यसकारण पनि होला यो मन्त्रालयलाई धेरैले आँखा लगाउँदैनन्, काम गर्न सकिने हैन क्यारे भनेर सामान्य मन्त्रालयको रूपमा लिने गर्छन् ।

तर खानेपानी मन्त्रीका रूपमा बिना मगर आएपछि यो मन्त्रालयको गरिमा नै कहाँ पुग्यो कहाँ । खै किन हो सबैको ध्यान यही मन्त्रालयतर्फ सोझियो। पत्रकारहरू समेत चनाखो बने । भुइँचालो आयो, काम प्रभावित भयो। ठेकेदार भाग्यो। तर पनि बिना मगर टाउकोमा कामदारको टोपी लगाएर सुरुङ निरीक्षण गर्न गइरहिन्। ठेकेदारहरूलाई ताकेता गरिरहिन्। काम गर्न बाधा पुर्‍याउने सचिवालयलाई कारवाही स्वरूप सरुवा गरिन्। उनको पूरै ध्यान मेलम्चीमा मात्रै सीमित थियो । उनका लागि मेलम्ची जीवन मरणको सवाल थियो। उनको सम्पूर्ण राजनीतिक भविष्य नै मेलम्चीको भविष्यसँग जोडिएको थियो ।

त्यही भएर होला उनले पटक-पटक अब मेलम्चीको पानी काठमाडौं आउन धेरै समय नलाग्ने घोषणा गरिरहिन्।

मिति पनि घोषणा गरेको अवस्था थियो, तर प्राविधिक पक्ष थियो, कहिले दुर्घटना त कहिले बाँध भत्किँदा समस्या आइरहेको थियो। तर पनि उनले संसदीय समितिहरू र मन्त्री परिषदमा मेलम्चीको प्रगतिबारे ब्रिफिङ गरिरहिन्, किनकी उनमा निकै ठूलो हिम्मत, साहस जुटेको थियो। आफ्नै कार्यकालको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने महत्त्वाकांक्षा उनीभित्र बलियोसँग जरा गाडेर बसेको थियो ।

तर राजनीतिक घटनाक्रमले बिना मगर अचानक मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । संसद् नै विघटन भएपश्चात पक्कै पनि उनमा पक्षधरता स्वाभाविक थियो । संसद् विघटनलाई प्रतिगमन किटान गरेर उनी प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्री मण्डलबाट निस्किए । उनले मन्त्री पद काम गर्न नसकेर त्यागेकी हैनन्, राजनीतिक परिस्थिति त्यस्तै बन्यो । तर यो कुरा भन्न तपाईं हामी कसैले पनि अप्ठ्यारो मान्नु हुँदैन कि, मेलम्चीको पानी आउने कुरा घोषित थियो, त्यो सुचारु थियो, पूर्वनिर्धारित थियो। बिना मगर आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं ल्याउने अन्तिम तयारीमा थिइन् ।

तर विडम्बना भनौं वा दुर्भाग्य, सबै कुरा ठिक्क भइसकेपछि उनी बाहिरिनुपर्ने राजनीतिक वातावरण बन्यो । खानेपानी मन्त्रीका रूपमा मणि थापा भित्रिए । मणि थापासँग पनि आफ्नो दृष्टिकोण कार्य क्षमता पक्कै होला । तर यो बीचमा मणि थापा मेलम्ची आयोजनामा जम्मा एकपटक गएका छन् । दोस्रोपटक जाँदा बटन थिच्ने सौभाग्य प्राप्त गरे हो यो सरकारले, राज्यले जस लिने कुरा हो। यो बहुआयामिक आयोजना हो। तर दु:खको कुरा यो पनि पक्कै हो कि, अभागी बिना मगर, जसले मेलम्चीको पानी काठमाडौं ल्याइन्, तर उद्घाटन गर्न पाइनन्। मेलम्चीको पानी काठमाडौं आउनुमा बिना मगरको सबैभन्दा धेरै योगदान छ। यदि सबैले उनले जसरी नै योगदान गरेको भए शायद मेलम्चीको पानी दशकौंअगाडि काठमाडौं आइसक्ने थियो।

यसरी आयोजना निर्माण थालिएको कैयौं दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। यो हामी सबैका लागि खुशीको कुरा हो। कसैका पालामा धेरै काम भए, कसैका पालामा थोरै काम भए होलान् तर मुख्यगरी यहाँ सबै कुरा आत्मकेन्द्रित ढंगले चर्चा गर्ने गरिन्छ। जसले मेलम्ची सपनाका लागि तन, मन, वचन दिएर अथक प्रायासरत रह्यो उसैलाई मन्त्रीबाट हट्नासाथ पानी आयो भनेर अपमानजनक टिप्पणी गरिएको पाइन्छ। के वास्तवमा नै त्यस्तै हो त? के मेलम्ची आफैँ सलल बग्दै आएको हो त? यदि हो भने यतिका दशकसम्म किन आएन त?

बिना मगरलाई राजनीतिक दबाब पक्कै थियो, आफ्नै पालामा छिटो काम सकौं भन्ने तनाब पनि थियो। त्यही भएर आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ । विगतमा पनि असारमा पहिलोपटक गरिएको परीक्षण नगरिएको हैन। त्यो असफल भएको थियो। अब सुरूङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्नेछ। यसरी पूर्व प्रधानमन्त्री एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न बिना मगरले महत्त्वपूर्ण भूमिका खेलिन् ।

सुन्दरीजलमा बटम कसले थिच्यो भन्ने कुरा मुख्य हैन। सुरूङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌। त्यो ठूलो कुरा हो। मकै कसले रोप्यो भन्ने कुरा ठूलो कुरा हैन, भोकाएकाहरूको भोक मेटियो कि कुहिएर गयो भन्ने मुख्य विषय हो। मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति प्रतिवेदन हेर्ने हो भने सबैभन्दा धेरै र महत्त्वपूर्ण काम बिना मगरको पालामा भएको छ ।

बिना मगर २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त भएकी थिइन्। २०७४ चैत २७ गते सुरूङ मार्गको ब्रेक थ्रु भयो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि समेत भन्यो । ३७ वर्षदेखि शुरू भएको मेलम्ची आयोजनाको काम बितेको एघार महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्। ११ महिनामा यति धेरै हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि हो। राजनीतिक कारणले बिना मगरले मन्त्री पदबाट राजीनामा दिनुभन्दा ४ महिना अगाडि नै आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको थियो।

इटालीयन कम्पनी सीएमसीले बीचमा काम छाडेपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मगरकै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन सकेन। तर, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको छ । एक अध्ययनका अनुसार मेलम्ची खानेपानी विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्चीको निर्माण प्रक्रियामा उल्लेखनीय भएको चर्चा गरिएको छ ।

विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि हेडबक्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा गरिएको छ।

अन्य धेरै पक्ष छन्, जो सबै समेट्दा महाभारत भाग दुई बन्न पनि सक्छ। यसरी सबैकुरा तथ्यका रूपमा रहँदा रहदै पनि अध्ययन गर्न सकिने स्रोतहरू पर्याप्त हुँदाहुँदै पनि कृष्णप्रसाद भट्टराईको अधुरो मेलम्ची सपना बिना मगरले पूरा गरिन् भन्न हिच्किचाउनु पर्ला र ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x