अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर नेपाली बजारमा, मूल्य कति ?

अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर नेपाली बजारमा बिक्री शुरू भएको छ । 

अप्रिलियाको आधिकारिक वितरक विवेक अटोमोवाइलले एसएक्सआर १६०को आइतवारबाट बिक्री शुरू गरेको हो ।


Advertisement

अप्रिलिया १६० मा सिगंसिलिन्डर एफआइ बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।


Advertisement

त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट, ट्वीन क्रिष्टल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।

विभिन्न ४ कलर भेरियन्टमा नेपाल आएको म्याक्सी डिजाइनको यस स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ निर्धारण गरेर छ ।

हेर्नुहोस् भिडियो - 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्