‘ए दिदी, किन यति रिसाको ?’ मोदीले ममता बनर्जीलाई गरे प्रश्न

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक बृहत् जनसभामा कठोर शाब्दिक आक्रमण गरेका छन् । 
 

तृणमूल कांग्रेसले पारेको हिलोमा भारतीय जनता पार्टीको कमल फुल्ने उनले बताएका छन् । 
 


Advertisement

कोलाकातामा रहेको ब्रिगेड परेड ग्राउन्डमा हजारौं समर्थकहरूलाई सम्बोधन गर्दै मोदीले ममतामा बंगाली जनताले विश्वास गरेको तर उनले जनतालाई विश्वासघात गरेको बताए । 

बंगालले परिवर्तनका लागि ममता दिदीमा विश्वास गर्‍यो । तर दिदी र उनका आसेपासेले यो विश्वास तोडे । यिनीहरूले बंगालको विश्वास भाँचे । बंगालको अपमान गरे र दिदीबहिनी तथा छोरीचेलीलाई यातना दिए । तर उनीहरूले राज्यका जनताको आशा र पराक्रम तोड्न सकेनन्,’ मोदीले बताए । 
 


Advertisement

तृणमूल सरकारले लोकतन्त्रको साटो लुटतन्त्रको हिलो बनाएकाले पश्चिम बंगालमा कमल फुल्न लागेको मोदीले  बताए । 

आफू सत्तामा आएमा भाजपाले सोनार बांग्लाको सपना पूरा गर्ने उनले बताए । 

ममतालाई थप व्यंग्य गर्दै मोदीले आफूलाई ममताले रावण, राक्षस, गुण्डा जस्तो अनेकौं नाम दिएको बताए अनि उनी किन यति क्रोधित छिन् भनी सोधे । 

‘मेरो बारेमा धेरै कुरा भनिएको छ । ए दिदी, किन यति धेरै रिसाको ?’ प्रधानमन्त्रीले सोधे ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्