सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–नेपाल पक्षले आइतबार साँझ कानुन व्यवसायीसँग छलफल गरेको छ । नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन् ।
बैठकपछि नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए ।
उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।
‘ फैसला अनपेक्षित नै हो यो । बढी पोलिटिकल प्रकृतिको छ । समग्र फैसलाको अध्ययन गरेर सबै साथीहरु सल्लाह गरेर मात्रै हामीले विस्तार पूर्वक आफ्नो धारणा सार्वजनिक गर्छौँ’, प्रचण्डले भने ।
सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई वैधता दिने फैसला गरेपछि सत्तारुढ नेकपा अवैध ठहरिएको छ ।
लोकान्तर संवाददाता