सर्वोच्चको अदालतको फैसला स्वीकार्ने ओली निकट संसदीय दलको निर्णय, सभामुखको भूमिकामाथि प्रश्न

नेकपा ओली समूहले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय भएको छ । काठमाडौं प्रधानमन्त्री  केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय भएको सांसद खिमलाल भट्टराईले जानकारी दिए । बैठक प्रतिनिधिसभा बैठकपछि बसेको थियो ।

बैठकमा ओलीले  सर्वोच्चकोे फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए । उनले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताएका थिए ।
सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई वैधता दिने फैसला गरेपछि सत्तारुढ नेकपा अवैध ठहरिएको छ ।
अदालतले कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको समग्र राजनीतिमा नै  ठूलो तरंग पैदा भएको बेला ओलीले यस्तो बताएका हुन् ।


Advertisement

बैठकमा अओलीले प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टि पनि जनाएका छन् ।

सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको ओलीको आक्रोश थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्