सर्वोच्चको फैसला गलत छ, हाम्रो गम्भीर असहमतिः नारायणकाजी श्रेष्ठ

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलाको आलोचना गरेका छन् । उनले फैसलामा आफूहरुको गम्भीर असहमति रहेको भन्दै थप कुरा भोलि बस्ने स्थायी समिति बैठकबाट आउने बताए ।

सर्वोच्च अदालतको आजको फैसला अस्वभाविक ,संविधान एवं कानूनको बर्खिलाप, राजनीतिक आग्रहप्रेरित र गलत छ। हाम्रो गम्भीर असहमति । थप कुरा भोलि बस्ने स्थायी कमिटीको वैठकबाट’, श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् ।
सर्वोच्चले नेकपाको आधिकारिकताबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई वैधता दिएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्