गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरे भद्रकालीमा अनशन बस्ने चेतावनी

१४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डघटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । गौर हत्याकाण्ड संघर्ष समितिले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरे । उनले भने,‘घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन सकेको छैन ।’ उनले सरकारले घट्नामा शहिद भएकालाई शहिद घोेषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गरे । गौर घटनामा शहिद भएका साथीहरुलाई सरकारको  तर्फबाट शहिद घोषणा गर्न समेत उनले आग्रह गरे ।  
कार्यक्रममा शहिद प्रमोद यादवका बुवा, शहिद प्रतिमा खातुनको आमाले बोलेका थिए । घट्नाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताए । उनले शहिद परिवारको बालबच्चाको पालनपोशण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गरे ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्