‘नेकपा वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत आएको बताएका छन् ।

आज कञ्चनपुरको बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उनले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताए ।


Advertisement

“दुई पार्टीबीचको एकता जनअपेक्षानुरुप कार्य गर्ने, पटकपटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो ।”, उनले भने, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ । जनताले दुई तिहाई पु¥याए । संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुशी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ ।”


Advertisement

कमेन्ट गर्नुहोस्