हत्या आरोपित १७ वर्षपछि पक्राउ

कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ ।

    प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्