प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ ११ लाख घुससहित पक्राउ


महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख घुससहित अख्तियार टोलीले पक्राउ गरेको छ ।  

भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी उनले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


Advertisement

श्रेष्ठलाई सेवाग्राहीबाट ११ लाख घुस लिई वल्ड टाउन क्याफेका मालिक अनिश जोशीलाई राख्न दिएकी थिइन् । अख्तियार टोलीले  जोशी समेतलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय  प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्