बन्द रेष्टुरेन्ट र बारहरू पुनः खोलिने

कोरोना महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्ने क्रममा इजरायलले आइतबारदेखि रेष्टुरेन्ट तथा बारहरूलाई खोल्न दिने इजरायली सरकारले निर्णय गरेको छ ।

सरकारले रेष्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीहरूलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको जनाएको हो । इजरायलमा गत वर्षकाहे डिसेम्बरदेखि खोप अभियान सञ्चालनमा ल्याइएको थियो ।


Advertisement

आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड–१९ विरूद्धको खोपको दुबै मात्रा लिइसकेका छन् ।

करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपको दुबै मात्रा लगाउनेको सङ्ख्या ३७ लाख पुगिसकेको छ ।


Advertisement

इजरायलमा कम्तीमा ५० लाख नागरिकले कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकेका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्