अदालतको फैसलापछि टोपबहादुरले भने- म तत्काल मा‌ओवादीमा फर्किन सम्भव छैन

ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै उर्जामन्त्री समेतरहेका रायमाझीले भने, 'अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।'


Advertisement

तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, 'अहिले तत्काल त्यो सम्भावना छैन ।'

आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै अदालतले फैसला सुनाएको हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्