सर्वोच्चको फैसलापछि संसदमा कसको हैसियत कति ? ओलीको पार्टी सबैभन्दा ठूलो

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ ।

सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।


Advertisement

प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् ।

समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् ।


Advertisement


साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयकुमार गच्छदार र मोहम्मद आफ्ताब आलम निलम्बनमा छन् ।

तेस्रो दलको हैसियतमा फर्किएको नेकपा माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ५३ सांसद छन् । माओवादी केन्द्रको संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्ड छन् ।

माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सीट प्राप्त गरेको थियो ।

अहिले पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका ३ सांसद ओली पक्षमा लागेका छन् । उनीहरू एमालेमा समाहित हुन भने कानूनी जटिलता देखिन्छ ।

दल परित्याग गरेको अवस्थामा उनीहरूको सांसद पद समेत रिक्त हुन सक्ने देखिन्छ ।

प्रतिनिधि सभामा जनता समाजवादी पार्टीका ३४ सांसद छन् । जसपा बन्नुअघि राजपा र संघीय समाजवादी पार्टीका समान १७ सांसद थिए ।

तत्कालीन राजपा र समाजवादी दुवैका १/१ सांसद निलम्बित अवस्थामा छन् ।

संसदमा राप्रपा, नेमकिपा र जनमोर्चाका स्वतन्त्र हैसियतका एक–एक सांसद छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्