×

NMB BANK
NIC ASIA

निर्माणाधीन आयोजनाका लागि थप ३० अर्ब माग

फागुन २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित रकम अभाव भएको भन्दै थप बजेट माग गरेको छ ।

Muktinath Bank

विभिन्न नौवटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने , “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौवटा आयोजनाका लागि अपुग भएको रकम माग गरिएको हो ।” थप बजेटका लागि मन्त्रालय सकारात्मक रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

अर्थ मन्त्रालय, बजेट महाशाखाका उपसचिव दिलीप गौतमले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सडक विभागबाट थप बजेट माग भएको जानकारी दिँदै बजेट निकासाबारे मन्त्रालय र विभागबीच छलफल भइरहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

ठेक्का लागेर काम सम्पन्न भइसकेका र सुरु भइसकेका नौवटा आयोजनाको दायित्वका लागि अहिलेको बजेट विनियोजन अपुग हुने देखिएकाले थप बजेट माग गरिएको उनले स्पष्ट पार्नुभयो । काम सम्पन्न भइसकेका तथा यसै आर्थिक वर्षभित्र सम्पन्न हुन लागेका आयोजनाको भुक्तानीका लागि पनि थप बजेट माग गरिएको उनले बताए ।

सूचना अधिकारी सिंहले माग गरिएको थप बजेट निकासाका लागि सडक विभाग र अर्थ मन्त्रालयबीच तीन पटक छलफल भइसकेको र स्रोत खोज्दै बजेट निकासा गर्ने कुरा भएको बताए । मध्यपहाडी राजमार्गका लागि चार अर्ब, हुलाकी राजमार्गका लागि चार अर्ब ५७ करोड ८३ लाख, मदन भण्डारी राजमार्गमा दुई अर्ब २४ करोड, उत्तर–दक्षिण राजमार्गका लागि तीन अर्ब २३ करोड थप बजेट अर्थ मन्त्रालयसँग माग गरिएको छ । तमोर करिडोरका लागि ७७ करोड रुपियाँ माग गरिएको छ ।

त्यसैगरी सडक पूर्वाधार विकासका लागि चार अर्ब ३७ करोड ६९ लाख, तराई मधेस सडक पूर्वाधार कार्यक्रमका लागि तीन अर्ब ९८ करोड ८१ लाख रुपियाँ, रणनीतिक पुलका लागि एक अर्ब ३१ करोड तथा स्थानीय पुलका लागि पाँच अर्ब ६४ करोड ३१ लाख रुपियाँ बजेट माग गरिएको उनले बताए ।

आठ महिनामा ३० प्रतिशत बजेट खर्च

चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमध्ये आठ महिनामा सडक विभागले ३० प्रतिशत मात्र बजेट खर्च गर्न सकेको सूचना अधिकारी सिंहले जानकारी दिए । चालू आर्थिक वर्षमा सडक विभागका लागि १०४ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ ।

विनियोजित ७० प्रतिशत बजेट बाँकी रहँदा पनि सरकारसँग थप बजेट किन माग गर्नु प¥यो भने जिज्ञासामा विभागका सूचना अधिकारी सिंहले भने, “सम्बन्धित आयोजनाहरूलाई ‘इन्डिभिजुअल’ शीर्षकमा बजेट विनियोजन गरिएको हुन्छ । बजेट अपुग भएका शीर्षकमा मात्र थप बजेट माग गरिएको छ ।” गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x