यस्तो छ सर्वोच्चको फैसलापछि निर्वाचन आयोगको ५ रणनीति

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले ५ रणनीतिसहित गृहकार्य अघि बढाएको छ ।
अदालतको फैसलापछि आयोगले अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको राजधानी दैनिकले खबर छापेको छ ।

पत्रिकाका अनुसार एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई अन्य विकल्प दिने, एकताअघिका दुवै दललाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, ऋषि कट्टेलको दललाई मार्ग प्रसस्त गर्न आधार दिने, एमाले र माओवादीलाई एक हुन वा गाभिन फेरि बोलाउने र उपनिर्वाचनपछि निर्वाचित भएका व्यक्तिका विषयमा कानुनी परामर्श गर्ने आयोगका रणनीति रहेका छन् ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्